news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

वीरगन्ज २४ चैत । वंशजका आधारमा नागरिकता प्रमाणपत्र पाउनेमा २२ वर्षीय समीर टुडू र १७ वर्षीय सन्दिप टुडू रहेका छन् । दुबै जनाका बाबुआमाले २०६३ सालमा नागरिकता वितरण टोलीबाट जन्मका आधारमा नेपाली नागरिकता प्रमाणपत्र पाएका थिए ।

जन्मका आधारमा नागरिकता पाएकाको सन्तानलाई वंशजका आधारमा नागरिकता प्रदान गरिनुपर्ने माग विगत लामो समयदेखि उठाउँदै आएको भएपनि त्यो पूरा हुन सकेको थिएन ।

गृह मन्त्रालयले यही चैत १९ गते देशभरका ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरी जन्मका आधारमा नागरिकता पाएका बाबुआमाका सन्तानलाई वंशजका आधारमा नागरिकता दिन निर्देशन दिएको थियो । फलस्वरुप जन्मका आधारमा नागरिकता पाएका बाबुआमाका सन्तानले अब वंशजका आधारमा नागरिकता पाउन थालेका छन् । जन्मका आधारमा नागरिकता पाएका बाबुआमाका सन्तानलाई वंशजका आधारमा नागरिकता दिने निर्णय सार्वजनिक भएपछि अहिले वीरगन्जलगायत देशैभरका प्रशासन कार्यालयमा वंशजका आधारमा नागरिकता लिन आउनेहरुको भीड बढेको छ । यस्तै माननीय प्रदिप यादवको बिशेश पहलमा आज पर्सा जिल्लामा तीन युवा युवतीको जन्मसिदका सन्तानलाई बशजको आधारमा नागरिकता लिएका छन । आइतबार वीरगंज महानगरपालिका वडा नम्वर १३ का सुरेन्द्र साह सोनार र तारादेवी सोनारका जुम्ल्याहा सन्तान लाई वंशज आधारमा नागरिकता उपलब्ध गराएको हो ।


जिल्ला प्रशासन कार्यालय पर्साले आज देखी जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको आधारमा नागरिकता वितरण सुरु गरेको छ । गृह मन्त्रालयले जन्मसिद्ध नागरिकका सन्तानले आमा र बाबु दुवैको नागरिकता ल्याए नागरिकता बनाइदिन ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई दिएको निर्देशनको पालना गर्दै जिल्ला प्रशासन कार्यालय पर्साले जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको आधारमा नागरिकता वितरण गर्न सुरु गरेको हो । वंशजको आधारमा नागरिकता पाउनेमा वीरगंज महानगरपालीका वडा नम्बर १३ का सुरेन्द्र साह सोनार र तारा देवी सोनारका जुम्ल्याहा सन्तानलाई वंशजको आधारमा नागरिकता उपलब्ध गराइएको हो । २० वर्षीय अन्नु कुमारी सरार्फ र विकाश कुमार सरार्फले आइतबार जिल्ला प्रशासन कार्यालय पर्साबाट वंशजको आधारमा नागरिकता प्राप्त गरेका हुन । यस्तै वीरगंज महानगर १३ कै महमद आलम र सबाना खातुनका छोरा १८ वर्षीय मोहमद शेख अरमान आलमले पनि वंशजको आधारमा नागरिकता पाएका छन । नागरिकता प्राप्त गर्दै सरार्फ दिदी बहीनीले सांसद प्रदिप यादवलाई धन्यावाद व्यक्त गरेका थिए । उहाको अथक प्रयासले आज हामीले वंशजको आधारमा नागरिकता पाएका छौ वंशजको नागरिकता पाएकी अन्नु कुमारी सरार्फले सांसद यादवलाई भनिन् । नागरिकता नभएर हामीले खाता खोल्ने तथा विदेश पढन जानुका साथै कुनै पनि कामका लागी अप्ठयारो भइरहेको बेला जनताको असली नेताको रुपमा सांसद ज्युले गम्भीरता पुर्वक आफना नागरिकको समस्या आफनो समस्या ठानेर वंशजको आधारमा नागरिकता पाउने अवसर जुटाई दिनु भएकोमा यहालाई हार्दीक आभार व्यक्त गर्दछु वंशजको नागरिकता पाएका महमद अरमान आलमले सांसद प्रदिप यादवलाई भने । तिनै जनालाई पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भटराईले नागरिकता हस्तानतरण गर्नु भएको थियो । सांसद यादवले यस क्षेत्रको जनताको समस्या मैलै आफनो समस्या बुझेर काम गर्ने गरेकोले मेरो अथक प्रयासले आज मेरो क्षेत्रको साथ साथै देशै भरीका जन्मसिद्ध नागरिकका सन्तानले वंशजको आधारमा नागरिकता पाउने वातावरण बनेकोले आफु पनि खुशी भएको बताउनु भयो । दुवै परिवारका बुवाले जन्मको आधारमा नागरिकता लिएका थिए भने आमाले वैवाहीक अंगीकृत नागरिकता लिएका थिए । जन्मका आधारमा नागरिकता पाएकाको सनतानले वंशजको आधारमा नागरिकता पाउनु पर्ने मांग गर्दै विगत लामो समय देखी संघिय समाजवादी फोरम नेपालका सांसद यादवले सरकार विरुद्ध सर्वोच्च अदालतमा रिट हालेका थिए । सांसद यादवको पक्षमा फैशला गर्दै सर्वोच्च अदालतले जन्मका आधारमा नागरिकता लिएका नागरिकका सन्तानलाई संविधानअनुसार वंशजको नागरिकता दिन सरकारलाई आदेश गरेको थियो ।

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1513399
Today
Yesterday
This Week
Last Week
This Month
All days
126
338
2765
1501303
13754
1513399

Your IP: 216.73.216.215
2025-05-24 07:01

Facebook Live Feed