news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

वीरगन्ज ३ बैशाख । मुख्यमन्त्री लालबाबु राउतले उपभोक्ता संरक्षण ऐन कार्यान्वयनमा जोड दिनुभएको छ ।राष्ट्रिय मानव अधिकार आयोगले आज जनकपुरमा आयोजना गरेको उपभोक्ताको मानव अधिकार अवस्था विषयक प्रदेशस्तरीय कार्यशालाको उद्घाटन गर्दै मुख्यमन्त्री राउतले यसको कार्यान्वयनमा तीनै तहको सरकारबीच समन्वय आवश्यक रहेको बताउनुभयो ।

खाद्यान्नमा विषादी प्रयोग गर्नेलाई कडा कारबाही हुने ऐन ल्याउनुपर्ने धारणा उहाँले राख्नुभयो ।राष्ट्रिय मानव अधिकार आयोगका सदस्य मोहना अंसारीको अध्यक्षतामा भएको उद्घाटन सत्रमा उहाँले मानिसको स्वास्थ्यसित खेलवाड गर्ने छुट कसैलाई नरहेकोले विषादी प्रयोग गर्नेलाई कडा कारबाही हुने खालको ऐन ल्याउनुपर्नेमा जोड दिनुभयो ।विगतमा पनि उपभोक्ता संरक्षण सम्बन्धि ऐन कानुनहरु थियो, उहाँले भन्नुभयो–तर, कार्यान्वयन पक्ष दुर्वल भयो ।ऐन कानुन कार्यान्वयन गर्ने निकाय कमजोर हुँदा उपभोक्ता ठगीमा पर्न बाध्य रहेको मुख्यमन्त्री राउतले थप्नुभयो ।खाद्यान्नमा बढदो विषादीको कारण उपभोक्ता गंभिर प्रकृतिको रोगबाट ग्रसित हुनुपरेको उहाँले उल्लेख गर्नुभयो ।स्थानीय बजारमा खुला रुपमा विक्रि गर्ने खाद्य समाग्रीको अनुगमन गर्ने जिम्मा स्थानीय सरकारको रहेको बताउँदै मुख्यमन्त्री राउतले अनुुगमनको पाटोलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।उपभोक्ता संरक्षण ऐनबारे अभैmपनि सबैलाई जानकारी हुन सकेको छैन, उहाँले भन्नुभयो–ऐनबारे सुचित गर्न जागरणको आवश्यक्ता छ ।गुणस्तरीय समानसहित उपभोक्ताले सेवा पनि पाउनुपर्ने जिकिर गर्दै यसको लागि सरोकारबालाहरु गंभिर भएर अघि बढनुपर्नेमा उहाँले जोड दिनुभयो ।सो अवसरमा जनकपुर उपमहानगरपालिकाका प्रमुख लालकिशोर साह, मुख्य न्यायाधिवक्ता दीपेन्द्र झा, प्रमुख जिल्ला अधिकारी प्रदिपराज कडेल, उपभोक्ता हित संरक्षण मंच, नेपालका अध्यक्ष ज्योती बानिया,जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष ललित साह लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1506342
Today
Yesterday
This Week
Last Week
This Month
All days
39
746
5215
1494645
6697
1506342

Your IP: 18.218.102.138
2025-05-11 06:28

Facebook Live Feed