news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

काठमाडौं ८ बैशाख २०७६,। नायिका रेखा थापाले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति कटाक्ष हानेकी छन् । बम पड्काएर परिवर्तन हुन्छ भन्नु विप्लवको ठूलो भ्रम मात्र हो भन्दै आएका अध्यक्ष प्रचण्डलाई नायिका थापाले व्यंग प्रहार गरेकी हुन् ।

तत्कालिन सशस्त्र युद्धका सर्वोच्च कमाण्डर रहेका प्रचण्डलाई थापाले विप्लवलाई बम पड्काएर परिवर्तन आउँदैन भन्नु ठूलो गल्ती मान्दै भनेकी छन्, ‘आफुले चै काहा परेवा उडाएका थियौ र ?’

आइतबार चितवन कैलाशनगर माध्यामिक विद्यालयमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले बम पड्काएर जनतामा आतंक सिर्जना गरेर परिवर्तन आउँछ भन्नु विप्लवको ठूलो भ्रम रहेको बताएका थिए । उनले विप्लवलाई वार्ता, संवादमा आउन आग्रह गरे। ‘एक, दुइटा बम पड्काएर जनतालाई आतंकित पारेर चन्दा उठाएर हिड्ने यो अवस्था होइन,’ उनले भने, ‘घटना घटाएर परिवर्तन हुन्छ भन्नु ठूलो भ्रम हो।’

देशमा कम्युनिष्टलाई जनताले दुईतिहाइ मत दिएको र कम्युनिष्टकै सरकार रहेकोले वार्ता, संवादबाटै जाने सकिने वातावरण भएको उनको भनाई छ । ‘यो ०५२ साल होइन। हामी ०७६ सालमा पुगेका छौं। संसारले नेपालको शान्ति प्रक्रियालाई हेरेको छ,’ प्रचण्डले भने, ‘विप्लवलगायत सबैलाई राम्रैसँग चिन्छु। उहाँहरु गलत बाटो हिड्दै हुनुहुन्छ भनेर मैले लगातार भन्दै आएको छु।’

केन्द्रबिन्दु डट कम

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1513613
Today
Yesterday
This Week
Last Week
This Month
All days
340
338
2979
1501303
13968
1513613

Your IP: 216.73.216.231
2025-05-24 12:12

Facebook Live Feed