news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

जनकपुर वैशाख १४, २०७६  — गृहमन्त्री रामबहादुर थापाले प्रदेश सरकारले प्रमुख जिल्ला अधिकारी (सीडीओ) राख्न नपाउने बताएका छन् ।शनिबार जनकपुरमा आयाेजित प्रदेश सुरक्षा गोष्ठीमा उनले सीडीओ संघको प्रतिनिधि हुने बताउँदै संविधानमा दोहरो सीडीओको प्रावधान नरहेकाे बताए ।

 गृहमन्त्री थापाले प्रदेशसँग शान्ति सुरक्षाकालागि प्रदेश प्रहरी परिचालन गर्ने अधिकार रहेको बताए । 'प्रमुख जिल्ला अधिकारी संघीय सरकारको मातहतमा रहेर समन्वय गर्ने हो', उनले भने,' प्रदेशले प्रमुख जिल्ला अधिकारी राख्ने व्यवस्था संविधानमा छैन । प्रदेश २ ले कसरी राख्ने हाे मलाई थाहा भएन ।'

सर्वोच्च अदालतले २०५४ सालमा नागरिकता पाएकाहरुको हकमा गरेको फैसला बमोजिम गृह मन्त्रालयले अदालतको आदेश अनुसार नै काम गर्ने उनले बताए ।

प्रदेशको सुरक्षा गोष्ठीले देशको सुरक्षा व्यवस्था सुदृढ गर्न ठूलो भूमिका खेल्ने विश्वास व्यक्त गर्दै उनले एक वर्षमा मुलुकमा सुशासन र शान्ति सुरक्षालाई सुदृढ गर्ने सन्दर्भमा पनि महत्वपूर्ण उपलब्धि हासिल भएको बताए ।

'देशको अखण्डता र शान्ति सुरक्षामा पनि महत्वर्णपूर्ण उपलब्धि हासिल भएको छ', मन्त्री थापाले भने, 'छुट्टै मधेसको नारा लगाउने सीके राउतले संविधान स्वीकारेको छ । स्वतन्त्र मधेसको नारा दिनेले पनि देशको राष्ट्रिय अखण्डतालाई सुदृढ गर्न प्रतिबद्धता जाहेर गरेको छ । यो पनि सफलता नै हो ।'
kantipurdaily.com
Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1513616
Today
Yesterday
This Week
Last Week
This Month
All days
343
338
2982
1501303
13971
1513616

Your IP: 216.73.216.52
2025-05-24 12:25

Facebook Live Feed