news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

१७ बैशाख वीरगञ्ज जिल्ला प्रशासन कार्यालय पर्सा काम नगर्ने निर्माण कम्पनीहरु विरुद्ध कठोर बन्दै गएको । विकास निर्माणको कामको जिम्मा लिएर समयमा सम्पन्न नगर्ने, सन्तोषजनक काम नगर्ने, कामको प्रगति खासै नदेखिने भएपछि प्रशासन निर्माण कम्पनी प्रति कठोर बनेको हो

सोही क्रममा जिल्ला प्रशासन कार्यालय पर्साको आदेशमा प्रहरीले पप्पु कन्स्ट्रक्सन कम्पनीमा कार्यरत ओभरसियर सन्तोष शर्मालाई नियन्त्रणमा लिएको तिलावे पुल निर्माणको जिम्मा लिएको पप्पु कन्स्ट्रक्सनले सन्तोष जनक काम गरेको छैन ।यसअघि बिहीबार प्रशासनले विभिन्न स्वास्थ्य चौकी भवन निर्माणको ठेक्का लिएर काम नगर्ने शिवराम कन्स्ट्रक्सनका धिरज कुमार चौरसियालाई नियन्त्रणमा लिएर शुक्रबार छोडेको थियो

जिल्ला प्रशासन कार्यालय पर्सामा निर्माण व्यवसायीहरुसँग छलफलको आयोजना गर्दै प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले दुई दिनभित्र विश्वास लाग्दो गरी निर्माण शुरु नभएमा १८ गतेदेखि मुलकी ऐन अनुसार कारबाही गर्ने चेतावनी दिएका छन्

उनले पटक पटक लिखित मौखिक रुपमा आग्रह गर्दा समेत ठेकेदारहरुले सुनुवाई नगरेपछि बाध्य भएर कठोर बन्नुपरेको बताए

बारम्बार भन्दा पनि अटेरी भइरहेको अब काम नगर्ने पैसा उठाएर निर्धक्कसँग बस्ने कुनैपनि ठेकदारलाई छोड्ने छैन,’ प्रजिअ भट्टराईले भने, ‘दोषी देखिएका सरकारी कार्यालयका कर्मचारीलाई पनि बिभागिय कारबाही गर्छौ

पद पैसाको भरमा केहि नहुने बताउँदै उनले कामको प्रगति बिवरण हेरेर कानुनी कारबाहीको प्रकृया अघि बढाइएने जानकारी दिए

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1513596
Today
Yesterday
This Week
Last Week
This Month
All days
323
338
2962
1501303
13951
1513596

Your IP: 216.73.216.119
2025-05-24 11:37

Facebook Live Feed