news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

 

वीरगन्ज २३ बैशाख । जिल्ला प्रशासन कार्यालय पर्साले पर्सा जिल्लामा ठेका लिएर काम नगर्ने निर्माण व्यवसायीलाई कारबाही थालिएको छ । वीरगन्जको छपकैया निवासी ठेका लिएर काम नगर्ने निर्माण व्यवसायी धिरज कुमार चौरसियालाई प्रहरीले गएको बिहीवार पक्राउ गरेको छ ।

प्रहरी स्रोतका अनुसार चौरसियाको निर्माण कम्पनीले जेभीमा पर्सामा चारवटा स्वास्थ्य चौकी भवन निर्माणको ठेक्का लिएर अलपत्र पारेकोले उनलाई प्रहरीले पक्राउ गरेको हो  ।
यता सरकारको निर्देशनमा नै जिल्ला प्रशासन कार्यालयले अभियान अन्तर्गत तोकिएका ठेकेदारलाई चाँडै काम सम्पन्न गर्न लगाउने र अटेर गरेमा प्रहरीमार्पmत् पक्राउ गरी काम सम्पन्न गराउने प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिए ।
जिल्ला प्रशासन कार्यालय, पर्साले ठेक्का सकार गरेको समयावधि सके पनि काम नगरेका निर्माण कम्पनीलाई खोज्न थालेपछि पर्सा जिल्लाका अधिकांश ठेकेदारहरूमा हडकम्प मचेको छ ।
जिप्रका, पर्साले केही ठेकेदारलाई नियन्त्रणमा लिई अनुसन्धान गरेपछि निर्माण व्यवसायी सङ्घ पर्सासँग आबद्ध ठेकेदारहरू सम्पर्क बाहिर रहेको बुझिएको छ । ‘समृद्ध नेपाल, सुखी नेपाली’ कार्यक्रम अन्तर्गत जिप्रका, पर्साले पर्सा जिल्लामा अधिकांश योजनाहरू सम्पन्न नभएको भन्दै ठेकेदारलाई समयमा काम गर्न दबाब दिएपछि निर्माण व्यवसायी सङ्घ पर्सा जिल्ला प्रशासन कार्यालयविरुद्ध उत्रिएको छ ।
जिप्रका, पर्साले सार्वजनिक गरेको तथ्याङ्क अनुसार पर्सा जिल्लामा ३८ वटा योजना अलपत्र रहेको जानकारी दिएको छ । तथ्याङ्क अनुसार स्वस्तिक श्री विनायक कन्स्ट्रक्शनका प्रतिनिधि मुकेश कुर्मीले भेडिहारी स्वास्थ्य चौकी, विशाल एन्ड विराट कन्स्ट्रक्शनले देउरवाना उपस्वास्थ्य चौकी, पोखरिया अस्पतालको क्वार्टर निर्माणको ठेक्का लिएर अधूरो राखेको छ ।
पप्पु कन्स्ट्रक्शनका प्रतिनिधि राजेश्वर रौनियारले जीतपुर स्वास्थ्य चौकी, पप्पु एन्ड जेभीका प्रतिनिधि मनोजकुमार कोइरलीले लालपर्सा स्वास्थ्य चौकी, धीरजकुमार चौरसियाले श्री अजम्बर शिवराम कन्स्ट्रक्शनको नाममा पटेर्वा स्वास्थ्य चौकी, शङ्करसरैया स्वास्थ्य चौकी भवन, सम्भौता स्वास्थ्य चौकी, औराहा स्वास्थ्य चौकी, सत्येन्द्रप्रसाद सिंहले दाप्चा निर्माण सेवाको नामबाट पर्सा जिल्लाको खानेपानी सरसफाइ डिभिजनको भवन, साबिर अन्सारीले पप्पु–तिरुपति जेभीको नामबाट भिखमपुर क्वार्टर निर्माण, रोहित खड्काले विशाल एन्ड विराट वनशक्तिको नामबाट अमृतधारा छोटी भन्सार कार्यालय निर्माण, शनि यादवले विशाल एन्ड विराट वनशक्तिको नामबाट सुपौली स्वास्थ्य चौकीको ठेक्का लिई निर्माण कार्य अधूको छोडेका छन् ।
त्यसैगरी, सुरेश कुर्मीले मोना–अङ्कित जेभीको नामबाट निचुटा स्वास्थ्य चौकीको आवास भवन, सञ्जय चौरसियाले आशिष कन्स्ट्रक्शनको नामबाट एकीकृत जाँच चँैकीभित्र ल्यान्ड स्केपिङ गर्ने कार्य, नरेन्द्र प्रसादले शारदा निर्माण सेवाको नामबाट भिस्वा छोटी भन्सार कार्यँलय निर्माण, सुमित रौनियारले अमर–पप्पु कन्स्ट्रक्शनको नामबाट हुलाकी सडक स्तरोन्नति, पप्पु–लुम्बिनीको नामबाट लिएको तिलावे पुल निर्माणको ठेक्का कार्य अधूरा छन् ।
त्यसैगरी, सुजन भण्डारीले बिटी टौदहको नामबाट विजय खोलाको नाला निर्माण र ठोरीको घट्टेखोला नाला निर्माण, रामहरि खनालले श्रीराम युनाइटेड बिल्डर्सको नामबाट वीरगंज–पथलैया सडकखण्ड चाइनेज निर्माण कार्य लिएर काम गरेका छैनन् ।
इलाइट–एसबिए जेभीले वीरगंज–पथलैया सडकखण्डको परवानीपुर–आइसिपी सडकखण्डको चाइनेज निर्माण, पप्पु–लुम्बिनीले आइसिपी सडक अन्तर्गत चाइनेज निर्माण, लुम्बिनी–मृतसञ्जीवनी निर्माण सेवाले वीरगंज–पथलैया रोड अन्तर्गत श्रीसिया पुल तथा चाइनेज निर्माण, मिर्जापुर स्वास्थ्य चौकी भवन, नगरपालिकाको वडा नं १८ मा सिद्धार्थ टोलको बाटो स्तरोन्नति, विपी उद्यान रेलवे जग्गामा पार्क, माईधिया पोखरी निर्माण तथा सौन्दर्यीकरणको कार्य, पोखरिया नपाको ढल तथा एकीकृत शहरी पूर्वाधार विकास गर्ने कार्य, वीरगंज–२२ चोर्नी, बेलवा, मनियारी सडकखण्डको ढल तथा सडक निर्माणको ठेक्का लिएका छन् ।
वर्तमान सरकारले समृद्ध नेपाल सुखी नेपाली अभियान अन्तर्गत देशभरि पहिलो प्राथमिकतामा परेका अधूरा योजनाको काम गराउने निर्देशन अनुसार जिप्रका, पर्साले ठेकेदारलाई सम्झाउने र नसम्झेमा सार्वजनिक खरीद ऐन अन्तर्गत नियन्त्रणमा लिई कारबाई प्रक्रिया अगाडि बढाएको हो ।
यस विषयमा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले पर्साको विकासमा बाधक निर्माण व्यवसायी रहेको प्रतिक्रिया दिए । १० वर्ष अगाडि ठेक्का लिई काम सम्पन्न नगरेकोमा ठेकेदार कम्पनीको चरम लापर्बाही देखिएको बताए ।

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1513587
Today
Yesterday
This Week
Last Week
This Month
All days
314
338
2953
1501303
13942
1513587

Your IP: 216.73.216.181
2025-05-24 11:18

Facebook Live Feed