news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

वीरगन्ज ८  बैशाख । उपचारका क्रममा डेढ वर्षीय बालकको मृत्यु भएपछि गण्डक अस्पतालमा तनाव भएको छ। चिकित्सकको लापरबाहीले बालकको मृत्यु भएको भन्दै अभिभावक र आफन्तले प्रदर्शन गर्दा अस्पतालमा तनाव भएको हो।

पर्साको बहुदरमाई नगरपालिका १ विश्रामपुरको शिवटोलका श्रीराम महत्तो कोइरीका डेढ वर्षीया छोरा सुजित कोइरीको उपचारका क्रममा मृत्यु भएको हो।
बालकलाई पखाला लागेपछि सुरुमा डा. किशोर साहको निजी क्लिनिकमा लगिएको थियो। पखाला लागेका बालकलाई डा. साहले सामान्य उपचारपछि घर पठाएका थिए। दुई दिनसम्म ठिक नभएपछि उनको क्लिनिकमा फेरि पुग्दा गण्डक अस्पतालमा रिफर गरेका थिए।

बालकलाई शनिबार गण्डक अस्पतालमा गरिएको थियो। बालकका बुबा श्रीरामका अनुसार बालकको स्वास्थ्यमा सुधार हुँदै गएपछि सोमबार डा. साहले डिस्चार्ज गर्ने बताएका थिए।

आइतबार साँझ तयार पारेर चिकित्सकले लगाउन बिर्सिएको इन्जेक्सन सोमबार बिहान लगाएपछि बालक गम्भीर बनेको बुबा श्रीरामको आरोप छ। ‘आइतवार साँझ नै तयार पारिएको इन्जेक्शन सोमबार बिहान आठ बजे मात्र बालकलाई लगाइएको थियो’, बुबा सुजितले भने, ‘इन्जेक्सन लगाएलगत्तै मुखबाट फिज आएपछि तत्काल बालकलाई आईसीयुमा राखिएको थियो।’

सोमबार राति नै बालकको मृत्यु भए पनि परिवारलाई भेट्न नदिएर मंगलबार मात्र प्रशासनले जानकारी दिएको भन्दै बुबा श्रीरामले आपत्ति जनाए। त्यसपछि बालकका आफन्त र परिवारका सदस्यले अस्पतालमा धर्ना दिएका हुन्।

अस्पतालमा खटिएका प्रहरीले पनि शव बुझनका लागि पटक पटक दबाब दिइरहेको भन्दै श्रीरामले भने ,‘जब सम्म यो घटनाको छानबिन गरेर उपचारमा लापरवाही गर्ने डाक्टरलाई कारबाही हुँदै तबसम्म हामी शव बुझ्दैनौँ।’

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1513691
Today
Yesterday
This Week
Last Week
This Month
All days
418
338
3057
1501303
14046
1513691

Your IP: 216.73.216.83
2025-05-24 16:15

Facebook Live Feed