news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

बिरगंज जेष्ठ ३० – सत्तारुढ समाजवादी पार्टी (नेपाल)का सांसद प्रदीप यादवले मालपोत कार्यालय पर्सामा कर्मचारी पठाउन माग गरेका छन् ।

५२ जना दरबन्दी रहेको कार्यालय अहिले रित्तो हुने अवस्थामा पुगेको भन्दै उनले कर्मचारी पठाउन सरकारको ध्यानाकर्षण गराएका हुन् । 

‘पर्साको जिल्ला मालपोत कार्यालय ५२ जनाको दरबन्दी छ । एकजना प्रमुख मालपोत अधिकृत र ४ जना मालपोल अधिकृतको दरबन्दी रहेकोमा अहिले एकजना पनि छैन,’ बुधवार प्रतिनिधिसभाको बैठकको शून्य समयमा सांसद यादवले भने, ‘पहिले खसी बोका काटेर पर्सामा जन्थे, अहिले अख्तियारको डरले कोही कर्मचारी जान मानेका छैनन् ।’

कर्मचारी अभावमा काम रोकिँदा जनआक्रोश बढेको उनले बताए । ‘जनताको काम रोकिँदा सरकारप्रति आक्रोश बढिरहेको छ, सरकार मात्र होइन काम नबनेर फर्किने बेलामा संसदलाई बाँकी राख्दैन । हामी पनि गाली खान्छु,’ यादवले गुनासो गरे । 

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1513654
Today
Yesterday
This Week
Last Week
This Month
All days
381
338
3020
1501303
14009
1513654

Your IP: 216.73.216.63
2025-05-24 15:12

Facebook Live Feed