news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

वीरगञ्ज, साउन १ गते । हरेक वर्ष प्राकृतिक विपदाको रुपमा बाढीले प्रभाव पार्ने क्षेत्रहरुको पहिचान गरि त्यसको दीर्घकालीन रुपमा समस्याको सामाधान गर्न पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदिप यादवले विशेष पहल थालेका छन् ।

समाजवादी पार्टी नेपालका युवा नेता एवम् संघीय सांसद यादवले पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईलाई सँगै लिएर बाढीले प्रभावित भएका क्षेत्रहरुको अवलोकन सहित समस्या समाधानका लागि पीडितहरुसँग भेटघाट एवम् छलफल गरेका छन् ।

लगातारको अविरल वर्षाका कारण आएको बाढीले सबभन्दा बढी वीरगञ्ज महानगरपालिकाको लालपर्सा, बेलवा, प्रसोतीपुर, कटगेनवा लगायतका गाउँहरुमा ठूलो क्षति पुर्याएको स्थानीयहरुले सांसद यादव र प्रजिअ भटराई समक्ष आफ्ना गुनासाहरु सुनाए ।

गाउँको छेउबाटै बग्ने भेडाहा खोलाले बाटो परिवर्तन गर्दा हजारौ विगाहामा लगाइएको धान बाली नष्ट भएको स्थानीय जितेन्द्र यादवले सांसद यादव र प्रजिअ भट्टराई समक्ष दुखेसो पोखे ।

हरेक वर्ष वर्षायाममा यही दुख झेल्नु परेको समस्या सुनाउँदै स्थानीयहरुले यसको निराकरणका लागि गम्भीरतापूर्वक लिएर समस्या समाधान गरिदिन आग्रह गरेका थिए ।

मिलन चौक भएर बग्ने भेडाहा खोलाले बाटो परिवर्तन गरेर कटगेनवा, बेलवा, प्रसोतीपुर र लालपर्सामा ठूलो क्षति पुर्याउने गरेको छ । यसको समाधानका लागि नदीलाई नियन्त्रण गर्न स्थानीयले सुझाव दिए ।

स्थानीयहरुको समस्याबारे जानकारी लिँदै सांसद यादवले यस ठाउँलाई बाढीको प्रभावबाट बचाउन आफूले कुनै कसर बाँकी नराख्ने बताए ।

बाढिको प्रकोपबाट बचाउन नदी नियन्त्रण, बाँधहरुको व्यस्थापन र राहत सहयोग तत्काल पुर्याउन पर्साका प्रमुख जिल्ला अधिकारी भट्टराईको ध्यानाकर्षण गराए ।

स्थानीयहरुको समस्या सुन्दै प्रजिअ भट्टराईले बाढीले क्षति पुर्याउने भेडाहा नदीको नियन्त्रणका लागि सर्वे खटाएर छिटै यसको समाधान गर्ने बताए ।

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1513729
Today
Yesterday
This Week
Last Week
This Month
All days
456
338
3095
1501303
14084
1513729

Your IP: 216.73.216.22
2025-05-24 18:24

Facebook Live Feed