news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

३१ भदौ, वीरगञ्ज । पर्साको बिन्दवासिनी गाउँपालिकामा घाँटी रेटिएको अवस्थामा एक युवकको शव फेला परेको छ । विन्दवासिनी-५ हासवास्थित पुल नजिकै खाल्डोमा शव पहिचान खुल्न नसकेका अन्दाजी २५ वर्षीय युवकको शव फेला परेको प्रहरीले जनाएको छ ।

सेतो कालो धर्का भएको रातो टी सर्ट, कालो जीन्स पाइन्ट र रातै जुत्ता लगाएको युवकको घाँटीमा धारिलो हतियारले काटेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता अनन्तराम शर्माले जानकारी दिए । ‘घाँटीमा काटिएको जस्तो चोट छ, मृतकको पहिचान खुलेको छैन,’ उनले भने, ‘मृतकको पहिचानसँगै के कारणले मृत्यु भएको हो भन्ने बारे अनुसन्धान गरिरहेका छौं ।’

प्रहरी चौकी प्रसौनी भाठाका प्रमुख प्रहरी नायब निरीक्षक प्रेमराज मिश्रलगायतको टोलीले घटनास्थल पुगी मुचुल्का तयार पार्ने लगायत प्रारम्भिक अनुसन्धान गरेको छ । शव पोस्टमार्टमका लागि नारायणी अस्पतालमा पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 
 
Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1513797
Today
Yesterday
This Week
Last Week
This Month
All days
524
338
3163
1501303
14152
1513797

Your IP: 216.73.216.64
2025-05-24 20:49

Facebook Live Feed