news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

वीरगंज, ५ असोज । समाजवादी पार्टी पर्साको नेता एवंम सांसद प्रदिप यादवले ‘जनता दर्शन’ कार्यक्रम सुरु गर्नुभएको छ । संघीय संसदको चौथा आर्थिक सत्र समापन भएको दोश्रो दिनबाट सुरु गरिएको उक्त कार्यक्रम ‘अपनेके सांसद, अपनेकेद्धार’ भन्ने नाराका शनिबार देखि सुरु गरिएको हो ।

संसदीय क्षेत्रका जनताहरुको द्धारमै पुगेर जनताले व्यक्तगरेका समास्याहरुको समाधान गर्ने अभियानालाई मुर्तरुप दिन उक्त कार्यक्रम सुरु गरेको उहाले बताउनु भयो । पर्साको संसदीय क्षेत्र नम्बर १ को लालपर्साबाट सुरु भएको उक्त कार्यक्रमको उदघाटन दलित बस्तीबाट गर्दै उहाले सुरु गर्नुभएको हो ।जनताकै घरदैलोमा पुगेर हरेक समस्या बुझी त्यसको समाधान तत्काल गर्ने उदेश्यले सुरु गरिएको कार्यक्रम अन्तर्गत लालपर्साका धानादेवी,इन्दुदेवी,दिपनारायण पासवान ,जगदिशराम , लालबहादुर राउत,रुपनारायण महतो, महेस कोइरी,बाबुलाल यादव ,मनोज यादव लगायत सबै गाउवासिको घरमै पुगेर भाला कुसारी गर्नुका साथै त्याहाको समस्याको बारेमा जानकारी लिनुभएको छ ।

प्रदेश सभाका सांसद जन्नत अंसारीसंगै लालपर्सा पुग्नु भएका सासद यादव समक्ष स्थानियले बिद्यालयमा शिक्षकको कमि र भौतिक सरचनाको आवश्यकता,सडकको मर्मत ,गाउको बिजुलीपोलहरुमा बती नभएकोले रातीमा अध्यारो हुने गरेको,खानेपानी समस्या,बाध पइनिको निर्माण ,एैलानी जग्गाको भूमियाबाट सरक्षणको आवश्यकता लगायगतका आवश्यकताको बारेमा आफ्ना सांसद समक्ष जनताले मागं गरेका थिए ।

वडाको स्मस्या लिएर आउने महिलाहरुलाई स्थानिय जनप्रतिनिधिहरुद्धारा हपकाउने ,धमकाउने समेत गरिएको गुनासो समेत स्थनिय महिलाहरुले सासद यादव समक्ष राखेका थिए ।स्थानियहरुबाट आएका अधिकांस गुनासाहरु जायज भएको बताउदै क्रमिक रुपमा समाधान गरिने बताउनु भयो ।

उहाले आफु जनताको नेता भएकोले सधै जनताको माझमा रहेका सबैको रायसल्लाहमा क्षेत्रको बिकास गर्दै जाने प्रतिवद्धता समेत व्यक्त गर्नुभएको थियो ।जनता दर्शन कार्यक्रमबाट आएका हरेक समस्याहरुको समाधान पहिचान गरि संघ,प्रदेश र स्थानीय तिनै निकायद्धारा पुरा गराउने उदेश्यले नै आफुले जनता दर्शन कार्यक्रम सुरु गरेको उहाको भनाइ समेत रहेको थियो 

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1513756
Today
Yesterday
This Week
Last Week
This Month
All days
483
338
3122
1501303
14111
1513756

Your IP: 216.73.216.44
2025-05-24 19:50

Facebook Live Feed