news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

वीरगंज २८ असोज । वीरगंजको मुख्य सडक चौडा गर्न चरणवद्ध आन्दोल गर्दै आएको वीरगंज बिकाश युवा संर्घष समितीले आज तेस्रो दिन वीरगंजमा हस्ताक्षर अभियान जारी रहेको छ ।

संर्घष समितीको आयोजनामा वीरगंज घण्टाघरमा आज तेस्रो दिन पनि हस्ताक्षर अभियान सुरु गरिएको हो ।नेपाल सरकारको निर्णय अनुसार वीरगंजको मुख्य सडक २५-२५ मिटर फराकिलो पार्न दबाव दिन हस्ताक्षर अभियान सुरु गरिएको संघर्ष समितिका सदस्य युवा नेता रंजित चौरसियाले वताए । संघर्ष समितिका सदस्य रंजित चौरसियाको अध्यक्षतामा भएको पहिलो दिनको हस्ताक्षर अभियानको उद्घाटन पर्साको छिपाहरमाई गाउँपालिकाका अध्यक्ष मनोज कुमार गुप्ताले गर्नुभएको थियो।


संघर्ष समितिका सदस्य अकलेश साहको अध्यक्षतामा भएको दोस्रो दिनको हस्ताक्षर अभियानको उद्घाटन पर्साको विन्दवासिनी गाउँपालिकाका उपाध्यक्ष किरण देवीले गर्नुभएको थियो । संघर्ष समितिका सदस्य बिबेक कुमार साहको अध्यक्षतामा भएको तेस्रो दिनको हस्ताक्षर अभियानको उद्घाटन पर्साको विन्दवासिनी गाउँपालिकाका अध्यक्ष श्रीलाल साह कानु मोदीले गर्नुभएको थियो ।


अध्यक्ष कानु मोदीले यो भेला हाम्रो लागि एक दमै राम्रो रहेको बताए।यो कुरा लाई हाम्रो समाजका अगुवा, कार्यकर्ता,नेता, अधिकारी, जनप्रतिनिधि हरु बाट जुन बाटो फराकिलो गर्ने निर्णय को विषय लाई दबाउने काम भईरहेको सरासर अन्याय पुर्न रहेको बताए । उहाँले जुनकाम जनप्रतिनिधिले गर्ने पर्ने त्यो काम युवाले थालेको अभियानको तारिफ गर्नुभयो ।

अदालतले कार्तिक ७ गते सम्म मात्र नतोडन आदेश दिएकोे वताउदै उनले यसलाई भ्रम छर्ने काम गरिएको वताए । नेकपाका युवा नेता समेत रहेका अकलेश साहले हस्ताक्षर अभियान तिन दिन सम्म चल्ने र संकल्ति हस्ताक्षर भौतिक पुर्वाधार तथा यातायात मन्त्री रघुबिर महासेठलाई बुझाइने बताउनुभयो ।

हस्ताक्षर अभियान उद्घाटन कार्यक्रममा, संघर्ष समितिका महमूद अंसारी लगायतकाले मन्तब्य राखेका थिए । कार्यक्रममा प्रभाकर गुप्ता, शिवजी गुप्ता, सन्चारकर्मीमा जाकिर हुसेन,लालम्हमद अंसारी,समितिका सदस्य रंजित चौरसिया, राकेश पटेल, सन्दिप विक्रम साह,समशुल हक अंसारी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम सञ्चालन समितिका सदस्य अकलेश साहले गर्नु भएको थियो।

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1513800
Today
Yesterday
This Week
Last Week
This Month
All days
527
338
3166
1501303
14155
1513800

Your IP: 216.73.216.148
2025-05-24 20:56

Facebook Live Feed