news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

वीरगंज ४ माघ। ट्राफिक ब्यवस्थापन सम्बन्धि जनचेतना कार्यक्रम आज वीरगंजमा सम्पन्न भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बीरगंज पर्साको आयोजना र राष्ट्रिय बाणिज्य बैंकको समन्वयमा वीरगंजकाे घण्टाघर नजिककाे पार्कमा कार्यक्रम भएको हो ।

कार्यक्रममा नगर प्रमुख बिजय कुमार सरावगीले महानगरपालिकाले सडक फराकिलो हुनु पर्छ भनेर नगर परिषद्बबाट १५ र १५ मिटर पास गरिसकेको तर अहिले अदालतमा मुद्दा विचाराधीन रहेकोले काम गर्न असजिलो भएको बताए । उनले बीरगंजकाे मेनरोड फराकिलो हुने बितिकै सडक ब्यवस्थापन समस्यामा कमि आउने धारणा राखे ।

उनले ट्राफिक व्यवस्थापनमा अन्य व्यक्ति वा निकायबाट सहयाेग नपाएकाे गुनासाे समेत गरे । वीरगंजलाई हर्न निषेधित क्षेत्र घाेषणा गरिए पनि सहयाेग नपाएका कारण लागु गर्न नसकिएकाे उनकाे भनाई थियाे ।

कार्यक्रममा जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत, बीरगंज उधोग बाणिज्य संघका अध्यक्ष गोपाल केडिया, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा, प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौर लगायतकाले मन्तव्य राखेका थिए ।

कार्यक्रममा स्वागत मनतब्य प्रदेश २ का ट्राफिक प्रहरी इन्चार्ज प्रहरी उपरिक्षक श्याम कुमार महतोले राखेका थिए भने धन्यवाद ज्ञापन राष्ट्रिय बाणिज्य बैंकका विश्व प्रकाश पोख्रेलले गरेकाे थियाे । कार्यक्रमको सहजिकरण जिल्ला ट्राफिक कार्यालयका प्रहरी निरिक्षक कमलराज पन्डिले गरेका थिए ।

कार्यक्रम अघि बीरगन्जको घन्टाघरबाट प्रभातफेरि निकालिएको थियो । प्रभातफेरी नगरको विभिन्न भागकाे परिक्रम गर्दै  पुन: घण्टाघर नजिकाे पार्कमा पुगी सभामा परिणत भएको थियो ।

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1513891
Today
Yesterday
This Week
Last Week
This Month
All days
45
573
3257
1501303
14246
1513891

Your IP: 216.73.216.27
2025-05-25 02:55

Facebook Live Feed