news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

५ चैत, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) भित्रिन नदिन ५५ देशबाट प्रवेश रोक लगाएको सरकारले भारतबाट पनि अत्यावश्यकबाहेक मानवीय आवतजावतमा रोक लगाउने तयारी गरेको छ । यसबारे भोलि निर्णय हुन सक्ने एक मन्त्रीले बताए ।

कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले बुधबारमात्र युरोपसहित कोरोना प्रभावित ५५ मुलकबाट नेपाल प्रवेशमा रोक लगाएको थियो । तर, भारतबाट आउजाउ रोकिएको छैन ।

हवाई मार्गबाट औसत दैनिक १५०/२०० मानिस भारतबाट वा भारत ट्रान्जिट भएर आइरहेका छन् । तर, स्थलमार्गबाट नेपाल आउनेको संख्या बढी छ ।

तेस्रो मुलुकका नागरिकलाई स्थलमार्ग भएर आउन रोक लगाए पनि रोजगारीका लागि भारत गएका नेपालीका साथै भारतीय नागरिकहरु निर्वाध रुपमा नेपाल आइरहेका छन् । उनीहरुलाई सीमा नाकामा ज्वरो मात्र नाप्ने गरिएको छ ।

साथै सीमा नाकाबाहेक चोरबाटोबाट पनि आउजाउ गर्नेहरुको संख्या ठूलो छ ।

पछिल्लो समय भारतमा कोरोना संक्रमितहरु भेटिन थालेकाले सरकारले सीमा नाकाहरुमा कडाइ गर्नेबारे छलफल थालेको हो । अहिलेसम्म तीन जनाको मृत्यु भएको छ भने १३७ जनामा संक्रमण भेटिएका छन् । त्यसैले सरकारले भारतबाट अत्यावश्यकबाहेक आवत–जावतमा रोक लगाउने तयारी थालेको स्रोतले बताएको छ ।

यसका लागि परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागीले मंगलबार नेपालका लागि भारतीय राजदूत विजयमोहन क्वात्रालाई बोलाएर छलफल गरेका थिए । उनले भारत सरकारसँग छलफल गरेर राय दिने भन्दै एक दिनको समय मागेका थिए ।

सरकारको तयारी भने नेपाल भारतबीच ८/१० वटा नाकाबाहेक सबै बन्द गर्ने र त्यहीँबाट अत्यावश्यक वस्तु आयात निर्यात गर्ने तयारी गरेको छ । स्रोतले भन्यो, ‘वस्तु आयात रोकिँदैन । मानवीय आवत–जावतको हकमा अति जरुरी बाहेक रोक्ने हाम्रो तयारी छ ।’

भारत सरकारले पनि नेपालसँगको सीमानाकामा कडाइ गर्ने बताइसकेको छ ।

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1524699
Today
Yesterday
This Week
Last Week
This Month
All days
34
399
2288
1509570
10129
1524699

Your IP: 216.73.216.194
2025-06-11 05:20

Facebook Live Feed