news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

वीरगन्ज २६ चैत । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) को संक्रमणबाट जोगिन सरकारले लागू गरेको लकडाउन तेश्रो चरणमा प्रवेश गरेलगत्तै पर्सा जिल्लाको सुरक्षा व्यवस्था अझ कडा बनाइएको छ ।

लकडाउनलाई थप प्रभावकारी बनाउन पर्सामा चेकजाँच कडाई गर्नुका साथै लकडाउन उल्लंघन गर्ने सवारी साधन पनि धमाधम नियन्त्रणमा लिने काम भएको प्रहरीले जनाएको छ ।

वीरगन्जको घण्टाघर चौक, आर्दशनगर, माईस्थान, अलखिया लगायतको चोकबाट लकडाउन उल्लंघन गर्ने मोटरसाइकल, जीप, कार, ट्रक, बस लगायत ६ सय ८४ वटा सवारीसाधनलाई पक्राउ गरी कारवाही गरिसकेको छ ।

यसअघि अतिआवश्यक वस्तु खरिद विक्रीको लागि खुकुलो बनाईएको थियो । तर समान खरीदको नाममा सवारीसाधन दुरुपयोग हुन थालेपछि कारवाही तिव्र बनाईएको स्थानिय प्रशासनले जनाएको छ ।

अहिले लकडाउनको उल्लंघन गर्ने मोटरसाइकल अब जरिवाना नकाटने लकडाउन अवधिसम्म पक्राउ परेका सवारीसाधनलाई नियन्त्रणमा राख्ने छौं प्रहरीले जनाएको छ ।

एक अर्काबाट नै कोरोनाको संक्रमण फैल्न सक्ने भएकोले लकडाउनलाई थप प्रभावकारी बनाउन रणनीति नै बनाएर अगाडी बढेको उनले बताए । एक अर्का गाउँपालिका, नगरपालिका वा महानगरपालिकामा अतिआवश्यक बाहेक पूर्ण रुपमा आवत जावतमा समेत रोक लगाइएको छ ।

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1506306
Today
Yesterday
This Week
Last Week
This Month
All days
3
746
5179
1494645
6661
1506306

Your IP: 3.136.37.101
2025-05-11 00:11

Facebook Live Feed