news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

२९ चैत, वीरगञ्ज । भारतसँग खुल्ला सीमा जोडिएका कारण प्रदेश नं २ कोराना भाइरस संक्रमणको ‘रेड जोन’ मा छ ।

भारतीय स्वास्थ्य मन्त्रालयको तथ्याङ्कअनुसार सीमावर्ती राज्य बिहारमा ६० जना कोरोना संक्रमित फेला परिसकेका छन् । जसमध्ये एकजनाको मृत्यु भइसकेको छ ।

दुबै देश लकडाउनमा भए पनि खुल्ला सीमानाबाट मानिसहरु छिर्न सक्ने अवस्था जीवीतै छ ।

केही दिनअघि बाराको विश्रामपुरमा भारतबाट नेपाल छिरेका ११ जना जमाती पक्राउ पनि परेका थिए । सीमाक्षेत्रमा तैनाथ सशस्त्र प्रहरीले उनीहरुलाई भारतबाट नेपाल प्रवेश गर्ने वित्तिकै नियन्त्रणमा लिएको थियो ।

सशस्त्र प्रहरीले कोरोना भाइरस संक्रमित व्यक्ति नेपालमा भित्रिन नदिन प्रदेश नं २ को सीमा क्षेत्रमा कडाइ गरिएको जनाएको छ ।

लकडाउनमा पनि खुल्ला सीमाबाट मानिस भित्रिन सक्ने संभावनालाई मध्यनजर गर्दै सशस्त्र प्रहरीले प्रदेश नं २ मा संगठनको जनशक्तिलाई बोर्डर इलाकामा केन्द्रित गरेको छ ।

सशस्त्र प्रहरी जवान आधारभूत तालिमरत प्रशिक्षार्थी, सशस्त्र प्रहरी बल प्रधान कार्यालय र अन्य प्रदेशबाट समेत १ हजार जनशक्ति थप गरेर सीमा क्षेत्रमा परिचालन गरिएको सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालयले जनाएको छ ।

प्रदेश नं २ मा ४६४ किलोमिटर खुल्ला सिमाना छ । लकडाउनअघि ११० स्थानमा ५५० जनाको ड्युटी सीमाक्षेत्रमा परिचालन गर्ने गरिएको थियो । लकडाउनपछि प्रदेश नं २ का ४२५ स्थानमा १ सिफ्टमा २ हजार २०८ जनशक्ति परिचालन गरिएको बाहिनीमा कार्यरत सशस्त्र प्रहरी नायव उपरीक्षक तिलकबहादुर खड्काले जानकारी दिए ।

 
प्रदेश नं २ को ४६४ किलोमिटर खुल्ला सिमानामा लकडाउनअघि ११० स्थानमा ५५० जनाको ड्युटी थियो । लकडाउनपछि २ हजार २०८ जनशक्ति खटाइएको छ

त्यसबाहेक गाडी मोबाइल, मोटरसाइकल, साइकल तथा पैदल गस्ती, आकस्मिक चेकजाँच र इन्टिलिजेन्स प्रयोग गरेर बोर्डरलाई सिल गरी मानिसहरुको आवत–जावतलाई पूर्णरुपमा रोकिएको उनले बताए ।

नेपाल र भारत सरकारको वीचमा भएको समझदारी अनुसार दुबै देशका नागरिक जो जहाँ छन्, त्यहीँ बस्ने–खाने व्यवस्था गरी सुरक्षित साथ राख्नुपर्ने भन्ने छ ।

त्यसअनुसार प्रदेश नं २ मा १८३ जना भारतीय नागरिक राखिएका छन् भने ५० जना नेपाली नागरिक भारतमा सुरक्षित साथ क्वारेन्टाइनमा राखिएको छ खड्काले बताए ।

सम्पूर्ण देशका लागि अति आवश्यकीय सामानदेखि खाद्य सामाग्रीहरु ढुवानी गर्ने प्रदेश नं २ मा ढुवानीका सामानहरु ल्याउँदासमेत अति नै सावधानी अपनाइएको प्रहरीको दाबी छ ।

गाउँमा नयाँ अनुहार देख्नेवित्तिकै सुरक्षा निकायमा खबर गरेर तत्काल स्वास्थ्यकर्मीसँग समन्वय गरी क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाइएको स्थानीय प्रशासनको भनाइ छ ।

सीमा इलाकाको स्थानीय वडाअध्यक्षहरुको संयोजकत्वमा समिति गठन गरी निगरानी एवं जनचेतना फैलाउन काम कारवाहीहरु भइरहेको, नेपाल प्रहरी, नेपाली सेना, राष्ट्रिय अनुसन्धान तथा स्थानीय निकाय र स्वास्थ्यकर्मीहरुसँग समन्वय गरी प्रदेशमा खुला नाकाहरुबाट आउने जाने कामलाई बन्द गर्नुको साथै विभिन्न धार्मिक मठमन्दिर, मस्जिद चर्च लगायतमा हुने धार्भिक कार्य हाललाई स्थगित गर्न एवं भेला जम्मा नहुन अनुरोध गरिएका सशस्त्र प्रहरीले जनाएको छ ।

प्रदेश नं २ मा घना वस्ती, बढी जनसंख्या, खुल्ला सीमाना भएकाले कोरोना भाइरस भित्रिएको खण्डमा नियन्त्रण गर्न कठिनाइ हुने भएकाले भित्रिन नै नदिन सतर्कता अपनाइएको सशस्त्र प्रहरी नायब महानिरीक्षक राजु अर्यालले जानकारी दिए ।

‘प्रदेश नं २ कोरोना छिटो फैलन सक्ने जोखिमयुक्त क्षेत्र हो । त्यसैले जनतामा सजकता अपनाउन ६१७ स्थानमा हात धुने व्यवस्था मिलाएका छौं,’ डीआईजी अर्यालले भने ‘स्थानीय (भोजपुरी र मैथीली) भाषामा ५८२ स्थानमा माइकिङ्ग गरी जनचेतना फैलाउने कार्य गरिरहेका छौं ।’

सशस्त्र प्रहरी कर्मचारीहरुको व्यक्तिगत सुरक्षालाई ध्यान दिई साबुन पानीले हात धुने, सेनिटाइजरको प्रयोग गर्ने, ब्यक्तिगत दुरी कायम राख्ने साथै प्रयोग गर्ने सवारी साधनहरुलाई समेत डिसइन्फेक्टेड गरी प्रयोगमा ल्याइएको, मेडिकल टिम तयारी हालतमा राखिएको, थर्मल गनको व्यवस्था गरिएको र न्यून संख्यामा भए पनि पीपीईको व्यवस्था मिलाइएको उनले बताए ।

अति आवश्यक बिदाबाहेक अन्य बिदा कटौती गरी सशस्त्र प्रहरी कर्मचारीहरुलाई उच्च मनोबलका साथ काम गर्न उत्प्रेरणा जगाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1514262
Today
Yesterday
This Week
Last Week
This Month
All days
416
573
3628
1501303
14617
1514262

Your IP: 216.73.216.59
2025-05-25 16:44

Facebook Live Feed