news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

वीरगंज २६ बैशाख । वीरगञ्जमा छुट्टै कोरोना अस्पताल बनाउने बारेमा सथ्लगत अनुगमन गर्न स्वास्थ्य मन्त्रालयको टोली आउने भएको छ । वीरगञ्ज महानगरपालिकाले गण्डक अस्पताललाई कोरोना विशेष अस्पताल बनाउन गरेको सिफारिस अनुसार त्यसको भौतिक पूर्वाधारलगायतको बारेमा अनुगमन गर्न मन्त्रालयले टोली पठाउन लागेको हो ।

नारायणी अस्पतालमा पुनःजनरल सेवा सञ्चालन गर्ने र गण्डक अस्पताललाई नारायणी अस्पतालकै शाखाको रुपमा कोरोना विशेष अस्पताल बनाउने गरी भएको सिफारिस अनुसार टोलीले अनुगमन गर्ने छ । स्थलगत अनुगमनका लागि मन्त्रालयबाट स्वास्थ्य सचिव रोशन पोखरेल नेतृत्वको तीन सदस्यीय टोली भोलि वीरगञ्ज आइपुग्ने नेकपा नेता एवं संविधानसभा सदस्य विचारी यादवले जानकारी दिनुभयो ।

टोलीले नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ड डा मदन उपाध्याय र वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगीसँग भेटेर आवश्यक जानकारी लिने जनाइएको छ । मन्त्रालयले नारायणी अस्पताललाई पुनः जनरल अस्पताल बनाउने निर्णय गरिसकेको र अनुगमनका लागि भोलि वीरगञ्ज आउने टोलीले त्यसको आधिकारीक पत्र पनि दिने यादवले बताउनुभयो ।

नारायणी अस्पताललाई जनरल अस्पताल बनाउनबाट रोक्न विभिन्न षड्यन्त्र भइरहेको भन्दै यादवले त्यस्ता षड्यन्त्र अब नचल्ने टिप्पणी गर्नुभयो । वीरगञ्ज आउने अनुगमन टोलीले नारायणी अस्पतालमा अहिले उपचारार्थ रहेका कोरोना सङ्क्रमितहरुको व्यवस्थापन र जनरल सेवा सुरु गराउने विषयमा अवलोकन गर्ने छ ।

नारायणी अस्पताललाई जनरल अस्पताल बनाउन मन्त्रालयले निर्णय गरेको भनेर केही दिन अघि नै सार्वजनिक भए पनि आधिकारीक पत्र भने अहिलेसम्म दिइएको छैन । अनुगमन गरेपछि नारायणी अस्पतालमा पुनःजनरल अस्पताल सेवा सुरु हुने र गण्डक अस्पताल नारायणी अस्पतालकै नाममा कोरोना विशेष अस्पताल बनाएर सेवा अघि बढाउन अनुमति दिने बताइएको छ ।

smbhar yatradaily

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1527303
Today
Yesterday
This Week
Last Week
This Month
All days
43
546
589
1517411
12733
1527303

Your IP: 216.73.216.244
2025-06-16 06:51

Facebook Live Feed