news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

बारा, जेष्ठ २४
बारा जिल्लाको फेटा गाँउपालिकाको वडा नं. १ को त्रिवेणी टोलमा रहेका अति विपन्न गरिब, अपांग, गरिब, एकल महिला, सुत्केरी तथा गर्भवती आमा लगायतका लाई मिथिला वाइल्ड लाइफ ट्रष्ट मिथिला बिहारी नगरपालिका वडा नं.३ को आर्थिक सहयोगमा एकिकृत राहत प्याकेज आज वितरण गरिएको छ ।


मिथिला वाइल्ड लाइफ ट्रष्ट, छोरा छोरी, गानडिज र लास्ट नाइट अ डिजे सेभड माई लाइफ संस्थाहरुको आर्थिक सहयोगमा भोर नामक संस्थासंग मिलेर देशका १५ जिल्लाका २२५० विपन्न परिवारका गर्भवती, एकल महिला, सुत्केरी तथा अपांगहरुलाई विशेष राहत प्याकेज प्रदान गर्ने योजनामध्य हिजो र आज गरि जम्मा १५० घर परिवारलाई वितरण गरियो ।
विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) बाट बच्नका लागि नेपाल सरकारले लकडाउन गरेको आज ७२ औ दिन भइसकेको छ । संघ प्रदेश, स्थानिय तहले लकडाउनको अवस्थामा दैनिक मजदुरी गरि खाने गरिब अति विपन्न घर परिवार पूर्ण रुपले प्रभावित भएको अवस्थामा मिथिला वाइल्ड लाइफ ट्रष्टले समाजिक दुरी कायम गर्दै हिजो र आज गरि १५० परिवार लाई सो राहत वितरण गरेको मिथिला वाइल्ड लाइफ ट्रष्टका प्रतिनिधि राजेश प्रसाद कुशवाहाले बताए ।
नेपाल युवा परिषद् बारा, भोजपुरी टाइम्स दैनिक र स्थानीय संस्था सखीः महिलाको साथी संस्थाहरुको समन्वयमा चामल, दाल, आलु, प्याज, खाने तेल, नून, स्वाविन, नुहाउने साबुन, अण्डा, हरियो तरकारी लउका, साग, करैला बोडी लगायत खाद्यान्न सामग्रीको प्याकेज वितरण गरिएको मिथिला वाइल्ड लाइफ ट्रष्टका प्रतिनिधि कुशवाहाले बताए ।
राहत वितरण कार्यक्रममा स्मार्ट टेलिभिजन नेटवर्कका मानिकचन साह, सखीः महिलाको साथी संस्थाका प्रतिनिधि विक्की महतो, भोजपुरी टाईम्स दैनिकका प्रकाशक अजय कुमार चौरसिया र फोटो पत्रकार एसएम जहाँगस्त, नेपाल युवा परिषद बाराका सचिव दिवाकर प्रसाद कल्वार, युवा समाजसेवी अनिल कुमार कुशवाहा, सन्चारकर्मी रंजित चौरसिया, मिथिला वाइल्ड लाइफ ट्रष्ट पर्सा तथा नेपाल युवा परिषद् प्रदेश नं. २ का कार्यक्रम संयोजक

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1512645
Today
Yesterday
This Week
Last Week
This Month
All days
197
206
2011
1501303
13000
1512645

Your IP: 18.227.21.218
2025-05-21 19:18

Facebook Live Feed