वीरगञ्ज जेष्ठ ३० – विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको रोकथाममा सरकार असफल भएको भन्दै शुक्रबार पनि वीरगञ्जमा सरकार विरोधी प्रदर्शन भएको छ ।
कोरोनाभाइरस महामारी रोकथाम तथा नियन्त्रणमा सरकारले प्रभावकारी काम गर्न नसकेको विरोधमा स्थानिय, प्रदेश तथा संघिय सरकारको विरुद्धमा वीरगञ्जका युवाहरुले प्रदर्शन गरेका हुन् ।
वीरगञ्जको माइस्थान चोकबाट सुरू भएको प्रदर्शन घण्टाघर चोकमा आएर टुंगिएको थियो । विरोधमा सहभागि भएका युवाहरुले केन्द्र, प्रदेश स्थानिय सरकार मुर्दाबाद, राष्ट्रघाती एमसीसी खारेज गर, नेपाली जनता भोकै मरोस् सरकारको भुडी भरोस्, पिसीआर टेष्टको परिमाण बढाउ, लगायतका नारा लेखिएको प्लेकार्ड बोकेर नाराबाजी गरेका थिए ।
देश लकडाउन हुँदा पनि सरकार कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणमा पुर्ण रुपमा असफल भएको र नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या दिनानुदिन बढीरहेको भन्दै सरकारलाई दवाव दिने उद्देश्यले विरोधमा उत्रिएको प्रदर्शनमा उहभागि युवा नितेश वर्णवालले बताउनुभयो ।
यसअघि विहिवार पनि