news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

वीरगञ्ज ३१ जेठ । कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नयाँ नक्सासहितको संविधान संशोधन विधेयक पारित भएको खुशीयालीमा वीरगंजमा दीप प्रज्वलन गरिएको छ ।

प्रतिनिधिसभाको शनिबार बसेको बैठकले निशान छापमा नेपालको नयाँ राजनीतिक नक्सा प्रयोग गर्ने विधेयक पारित गरेपछि वीरगंज लगायत देशभर खुशियाली मनाइएको छ ।निशान छापमा नयाँ नक्सा राख्न संसदमा प्रस्तुत भएको संशोधन विधेयक दुई तिहाइ भन्दा बढी मतले पारित भएपछि वीरगंजमा खुशियाली मनाइएको हो ।

लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटिएको नेपालको नयाँ राजनीतिक नक्सालाई शनिबार निशान छापमा प्रयोग गर्ने सम्बन्धि विधेयकलाई प्रतिनिधिसभाले सर्वसम्मत पास गरेको छ ।

प्रतिनिधिसभाको बैठकमा उपस्थित २ सय ५८ जना सांसदहरुले संविधान संशोधन विधेयकको पक्षमा मतदान गरेका थिए ।

वीरगंजमा सत्तारुढ दलको भातृ संगठन अनेरास्ववीयू पर्सा र राष्ट्रिय युवा संघ नेपाल, पर्साको संयुक्त आयोजनामा वीरगंजको घण्टाघर चोकमा नयाँ नेपालको नक्सा बनाएर दीप प्रज्वलन गरिएको हो ।

राष्ट्रिय युवा संघ नेपाल, पर्साका संयोजक महम्मद निजामुद्धिनको अध्यक्षतामा भइको दीप प्रज्वलन कार्यक्रममा नेकपा पर्साका अध्यक्ष प्रभु हजरा, नेकपा प्रदेश नम्बर २ का सदस्य बाबुराम कौशिक, बाबुराम थापा, नेता नवराज शर्मा, बसरुद्धिन अन्सारी, राजु रजक, श्याम गुप्ता, नेपाल पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष केसी लामिछाने, पर्सा अध्यक्ष श्याम बन्जरा, प्रेस संगठनका बृजलाल पासवान, निरज पिठाकोठे, युवा संघका केन्द्रीय सदस्य अरुण यादव, ओमप्रकाश गुप्ता, प्रभाकर गुप्ता, शिवम साह, जुबेर आलम, रामबाबु यादव, मित्रदेव यादव, नितेश वर्णवाल,अखिलेश साह लगायतको उपस्थिति रहेको थियो । दीप प्रज्वलन कार्यक्रमको सहजिकरण अखिलका नेता हेमन्त तामाङले गरेका थिए ।

 
Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1513860
Today
Yesterday
This Week
Last Week
This Month
All days
14
573
3226
1501303
14215
1513860

Your IP: 216.73.216.150
2025-05-25 00:21

Facebook Live Feed