बारा असाढ २१ - परवानीपुर् ५ को मूल सडक बर्षाका कारण हिडनलाएक न हुदा युवाहरु सडक मै धान रोपेर मन्त्रि तथा प्रतिनिधिहरुलाई ध्यान आकर्सन गरेका छन् ।
बारा क्षेत्र नम्बर ४ प्रदेश नम्बर २ का मन्त्री माननीय जितेन्द्र सोनल ज्यु को क्षेत्र हो। परवानिपुर गाउपालिका वार्ड नम्बर ५ को मुल बाटो को अवस्था हिलोमय भएका कारण सवारी साधन दुर्घटना हुने र गाउलेहरुलाई आवत जावत गर्न कठिनाइ भएको ले प्रतिनिधिहरुको कुनै क्रियाकालाप नरहेको हेर्दा हेर्दै अाज युवाहरु संगै मुल बाटो मा धान रोपेर माननीय जितेन्द्र सोनल र गाउपालिका प्रमुख हरिनारायण साह लाई बिधार्थी युवा नेता बिबेक कुमार साह ले ध्यानाकर्षण गराएका छन् भने , जाहा बाटो त्याहा बिकाश मात्र बाएनर मा सिमित न होस , बाटो बिकाश हुनु पर्यो भनि मन्त्री जि लाइ ध्यान दिन समेत आग्रह गरेका छन। यस कार्यक्रममा सहभागी नौतन युथ कल्ब का अध्यक्ष निरज गुप्ता , मन्टु साह , दिपु महतो लगायतको सहभागिता रहेको थियो।