news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

वीरगञ्ज ३१ असार । वीरगञ्जको नारायणी अस्थायी काेराेना अस्पताल गण्डकमा आज अपरान्ह काेराेना भाइरस संक्रमित एक युवककाे मृत्यु भएकाे छ ।रौतहटको परोहा नगरपालिकाको क्वारेन्टाइनमा असार २४ गते भर्ना भएका ३६ वर्षिय युवाको मृत्यु भएको हाे । उनी असार २४ गते भारतको बैगलोरबाट आएका थिए ।

असार २९ गते उनको स्वास्थ्यमा अचानक समस्य आएपछि उनको स्वाब संकलन गरी हेटौडा परिक्षणको लागि पठाइएको थियो ।

उनलाई थप उपचारको लागि वीरगञ्जको अस्थायी कोभिड अस्पतालमा पठाएकोमा बुधवार विहान साढे ६ बजेदेखि उनको श्वासप्रवासमा गडबडी आएको थियो । चिकित्सकको कठिन प्रयास पछि पनि उनलाई बचाउन नसकिएको अस्थायी कोभिड अस्पताल गण्डकका कोर्डिनेटर डा.उदयनारायण सिंहले बताए ।

उनले भने, ती युवकको हेटौडा ल्याबबाट पोजेटिभ रिपोर्ट आएको थियो, आज साढे ४ बजे उनलाई श्वासप्रश्वासमा समस्या आएपछि उनको पिसिआर गर्दा पनि बचाउन सकिएन ।ती युवक १५ दिन अघि भारतको बैगलोरमा अचानक मृत्यु भएको दाइलाई भेटन अस्पताल पुगेका थिए । उनका दाइको मृत्यु पनि कोरोना संक्रमणबाट भारतमा भएको हुन सक्ने अनुमान गरिएको छ ।

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1514567
Today
Yesterday
This Week
Last Week
This Month
All days
79
642
721
1505634
14922
1514567

Your IP: 216.73.216.25
2025-05-26 03:00

Facebook Live Feed