news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

वीरगञ्ज ७ श्रावन । कोरोना भाइरस सङ्क्रमण (कोभिड-१९) देखिएका एक वृद्धको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ज्यान गएको छ ।महोत्तरी गाउँपालिका-३ का ६० वर्षीय व्यक्तिको ज्यान गएको हो ।

गएको साउन १ गते प्रतिष्ठानको कोभिड अस्पतालको आइसोलेशन वार्डमा भर्ना भएका उनको मंगलबार राति ज्यान गएको प्रतिष्ठानको मेडिसिन विभागका प्रमुख प्रा.डा. सञ्जिवकुमार शर्माले बताउनु भएको छ ।

प्रतिष्ठान भर्ना भएका मृतकको पीसीआर रिपोर्टमा कोरोना पोजिटिभ देखिएको डा.शर्माले जानकारी दिनुभयो । मृतकको शव अहिले प्रतिष्ठानमै राखिएको छ । मृतकको शव दाहसंस्कारका लागि महोत्तरी पठाउन व्यवस्थापन भैरहेको इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक हेमराज ओलीले जानकारी दिनुभएको छ ।

योसहित नेपालमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको संख्या ४१ पुगेको छ । स्वास्थ्य मन्त्रालयले भने यसको पुष्टि गर्न बाँकी छ ।

yatradaily

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1514551
Today
Yesterday
This Week
Last Week
This Month
All days
63
642
705
1505634
14906
1514551

Your IP: 216.73.216.33
2025-05-26 02:02

Facebook Live Feed