news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

वीरगञ्ज १४ श्रावन । पर्साको वीरगञ्जमा थप ३४ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको पिसिआर ल्याबमा विभिन्न व्यक्तिहरुको पछिल्लो समय स्वाबको परिक्षण गर्दा थप ३४ व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएको हो।

अस्पतालको पीसीआर ल्याबमा २ सय ७४ जनाको स्वाब परीक्षण गर्दा ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिए । नयाँ थपिएका सङ्क्रमित २ देखि ६५ वर्ष उमेरका रहेका छन् भने नेपाल प्रहरीका प्रहरी जवान, नेपाली सेनाका सैनिक र कैदीबन्दीमासमेत सङ्क्रमण दिएको छ।

‘२ देखि ६५ वर्ष उमेरका ३४ जनामा कोरोना संक्रमण देखिएको छ, जसमध्ये ५ जना बालबालिका र १० जना महिला छन्,’ डा. उपाध्यायले भने । क्वारेन्टिनमा बस्दै आएका, कन्ट्याक्ट ट्रेसिङ र पेड पिसिआर परिक्षण गराएकाहरुमा पनि सङ्क्रमण दिएको देखिएको उनले जानकारी दिए ।

सङ्क्रमितमध्ये २० जना वीरगञ्ज महानगरपालिकावासी रहेका छन् । उनिहरु वीरगञ्ज महानगरपालिकाको वडा नं ९, ५, ४, ११ श्रीपुर, आदर्शनगर, बेल्वा, भिस्वा, सिर्सियाका बासिन्दा हुन् । त्यसैगरी नेपाली सेनाका १ जना, नेपाल प्रहरीका ३ जना, कैदीबन्दी ६ जना, कारागारका कर्मचारी २ जना, स्वास्थ्यकर्मी १ जना र आफैंले पैसा तिरेर पीसीआर परीक्षण गराएका १ जना व्यक्तिमा कोरोना संक्रमण देखिएको मेसु डा. उपाध्यायले बताए ।

उनीहरुलाई हाल होम आइसोलेसनमै राखिएको डा. उपाध्यायले बताए । उनले वीरगञ्जमा सञ्चालित कोभिड अस्थायी अस्पताल गण्डकमा सिमित बेड भएकोले थपिएका सङ्क्रमितहरुलाई अस्पताल गर्न नसकिएको भने । यसअघि थपिएका ४८ जना सङ्क्रमितपनि होम आइसोलेसनमा बस्दै आएका छन् ।

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1514493
Today
Yesterday
This Week
Last Week
This Month
All days
5
642
647
1505634
14848
1514493

Your IP: 216.73.216.37
2025-05-26 00:14

Facebook Live Feed