news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

वीरगञ्ज १६ श्रावन । वीरगञ्जमा थप एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । पछिल्लो हफ्तादेखि वीरगञ्जस्थित नारायणी अस्पतालको मातहातमा रहेको गण्डक अस्थायी कोभिड हस्पिटलमा उपचाररत ५६ वर्षीय पुरुषको सङ्क्रमणबाट मृत्यु भएको हो ।

 मृत्यु हुनेमा जगदम्बा इन्टरप्राइजेज प्रालि वीरगञ्जका कार्यकारी अधिकृत रहेका छन् । उनको गएराती उपचारको क्रममा मृत्यु भएको गण्डक अस्थायी अस्पतालका इन्चार्ज डा. उदय नारायण सिंहले जानकारी दिए ।

‘श्रावन ७ गतेदेखि अस्पतालमा कोरोना सङ्क्रमणको उपचार गराई रहेका उनको बिहिबार अचानक अवस्था गम्भीर भएपछी दिउँसोदेखि अक्सिजन सपोर्टमा राखेर उपचार गर्दै थियौं,’ डा. उदय नारायण सिंहले भने, ‘राति उनको अवस्था झन् बिग्रिदै गएपछि भेन्टिलेटरमा राख्नु पर्यो, तरपनि उनलाई हामीले बचाउँन सकेनौं ।’

मृत्यु भएका पुरुष भारतीय नागरिक हुन् । कोरोनरी धम्नीका विरामी उनको मुटुको बाइपास सर्जरी समेत भएक थियो । उनको शव अस्पतालमै रहेको डा. उदय नारायण सिंहले जानकारी दिए । शव व्यस्थापनको जिम्मा नेपाली सेनालाई लगाइएको उनले बताए ।

वीरगञ्जमा बिहिबार मात्र ३ कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1514467
Today
Yesterday
This Week
Last Week
This Month
All days
621
573
3833
1501303
14822
1514467

Your IP: 216.73.216.116
2025-05-25 22:27

Facebook Live Feed