news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

बीरगंन २४ साउन  बीरगंजमा उपचार नपाएर २० वर्षिया महिलाको ज्यान गएको छ । बीरगंज महानगरपालिका वडा नं २ छपकैया निवासी २० वर्षिय बिष्णु लामालाई उपचारकालागि कुनै पनि अस्पतालले भर्ना लिन नमान्दा ज्यान गएको हो । 

 तीन दिन देखी ज्वोरो आइरहेको थियो छिमेकी समेत रहनु भएका उपचोक्ता हित संरक्षण मंच बीरगंज महानगर समितिका अध्यक्ष अजित भूजेलले भन्नु भयो । ज्वारोको सामान्य औषीम ल्याएर खापछि ठिक पनि भयो  तर हिजो राती १० बजे समस्या भयो भनेपछि अस्पताल लगियो तर कुनै पनि अस्पतालले भर्ना गरेर उपचार गरिदिएनन । 

 ति महिलालाई  पहिला बीरगंजको  एडभान्स अस्पताल , तराई अस्पताल , भवानी अस्पताल , वयोधा अस्पताल , नेशनल मेडिकल कलेज शिक्षण अस्पतालले भर्ना गरेर उपचार गर्न मानेन ।  अन्तिममा सरकारको मातहत रहेको नारायणी अस्पताल ल्याउदा नारायणी अस्पतालले सकैको मातहत रहेको अस्थायी कोभिड अस्पताल संचालनमा रहेको  बिरगंज हेल्थ केयर लैजान भन्यो । 

बीरगंज हेल्थ केयर अस्पताल पु¥याउदा हेल्थ केयर अस्पतालले कोभिड पुष्टि भएकाहरुको मात्र उपचार हुने भनेर भर्ना लिनन मानेन । जनता समाजवादी पार्टीका पर्सा सचिव तवरेज अहमदले नारायणी अस्पताल मातहतमै रहेको गाण्डक कोभिड अस्पतालका संयोजक  डा.उदय नारायण सिंहसंग फोन सम्पर्क गरेर बिरामीको अवस्था बताएपछि गण्डक अस्पतालमा ल्याउन भने पछि रातको २ बजे बिरामीलाई अस्पताल पुर्याएको भूजेलले बताउनु भयो । 

अस्पतालमा उनको भर्ना त भयो तर भर्नासंगै उनको प्राण पखेरु उडिसकेको थियो । अस्पताल भर्ना गरेर घर फर्किएका जसपाका जिल्ला सचिव तवरेज अहमदले  घर पुग्ने बित्तिकै अस्पतालले लामालाई मृतक पुष्टि गरेको बताउनु भयो । अहमदले राती १० बजे देखी एडभान्स अस्पतालबाट शुरु भएको लामाको यात्रा बीरगंजका सबै अस्पतालको गोलचक्कार लाउदै गर्दा रातको २ बजेर १२ मिनेटमा जीवन यात्रा नै सकियोको देख्नु परेको बताउनु भयो । 


लामाका थाइराडको समस्या थियो । तीन दिन देखी सामान्य ज्वारो पनि आएको थियो । हिजो बेलुकादेखी भने श्वास फेर्न सकेत समस्या आएको थियो । अस्पतालले कोरोना भाइरस परिक्षणकोलागि उहाँको स्वाब संकलन गरेको छ । त्यसको रिपोर्ट आउन भने बाँकी छ । 
यस अघि जिल्ला प्रशासन कार्यालय पर्साले सबै निजी अस्पतालहरुलाई पत्राचार गर्दै कुनै पनि बिरामीलाई उपचार नगरि नफर्काउन निर्देशन समेत दिएको थियो । स्थान्ीय प्रशासनको निर्देशन भने लागू नभएको यो घटनाले देखाएको छ ।

esimsns.com/

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1514489
Today
Yesterday
This Week
Last Week
This Month
All days
1
642
643
1505634
14844
1514489

Your IP: 216.73.216.145
2025-05-26 00:00

Facebook Live Feed