news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

पञ्जशीर २२ भदौ ​ : तालिवानले अफगानिस्तानको उत्तरपुर्वी क्षेत्रमा अवस्थित पञ्जशीर उपत्यकामा आफूले विजयी प्राप्त गरेको घोषणा गरेको छ। विजयी प्राप्त गरेको अवसरमा तालिवान समूहले सोमबार पञ्जशीरमा आफ्नो झण्डा  फहराएको भिडियो सार्वजनिकसमेत गरेको हो।  

यद्यपि तालिवानविरोधी समूहले भने आफूहरु ‘सबै रणनैतिक स्थानमा रहेको’ र ‘युद्ध जारी राख्ने’ जनाएको छ। तालिवानविरोधी नेताले भने तालिवानविरुद्ध राष्ट्र व्यापी रुपमा लड्न आह्वान गरेका छन्।  
सामाजिक सञ्जालमा सार्वजनिक भएको एक अडियो रेकर्डिङमा नेसनल रेसिस्टेन्स फ्रन्ट अफ अफगानिस्तान (एनआरएफ)का नेता अहमद मसौदले तालिवानलाई सैन्य गतिविधि र राजनितिमा विश्वास दिलाउनुमा अन्तर्राष्ट्रिय समुदायहरु दोषी रहेको बताएका छन्।  

‘तपाईहरु बाहिर या भित्र जो जहाँ भएपनि हाम्रो देशको स्वतन्त्रता र समृद्धिका निम्ति तालिवानविरुद्ध लड्न म देशव्यापी विद्रोह सुरु गर्न स सबैलाई आग्रह गर्छु’उनले भनेका छन्।   
तालिवानले अगष्ट १५ मा अफगानिस्तानको राजधानी काबुलमाथि आफ्नो कब्जा जमाएको थियो। काबुल कब्जापछि तालिवानले पञ्जशीर उपत्यका कब्जा गर्न खोजिरहेको छ।  सोमबार तालिवानले आफुहरुले सो उपत्यका पूर्ण रुपमा आफ्नो नियन्त्रणमा लिएको दाबी गरेको थियो।  

यसअघि सन् १९८० को दशकमा सोभियत संघको मातहतमा चलेको अफगानिस्तानको पञ्जशीर उपत्यका तालिवान र सोभियत संघले आफ्नो नियन्त्रणमा लिन सकेको थिएन। -बीबीसीबाट

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1506065
Today
Yesterday
This Week
Last Week
This Month
All days
508
1607
4938
1494645
6420
1506065

Your IP: 3.144.17.93
2025-05-10 07:27

Facebook Live Feed