news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

वीरगञ्ज फागुन २६ : वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालसहित देशभरका ५ अस्पतालको स्तरोन्नति गरिएको छ ।

नेपाल सरकार, मन्त्रिपरिषदको फागुन ३ गते बसेको बैठकले देशभरका ५ वटा अस्पताललाई ‘विशिष्ट विशेषज्ञ अस्पताल’ मा स्तरोन्नति गरेको हो ।

संघीय सरकारअन्र्तगत राखिएका ५ मध्ये ४ वटा अस्पतालको नामसमेत फेरिएको छ ।

वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालको नाम अबदेखि नारायणी अस्पताल मात्रै लेखिनेछ । मोरङको विराटनगरमा रहेको कोशी अञ्चल अस्पताल कोशी अस्पताल, नेपालगञ्जको बाँके स्थित भेरी अञ्चल अस्पतालको नाम भेरी अस्पताल राखिएको छ । डडेल्धुरा उपक्षेत्रीय अस्पताल अब डडेल्धुरा अस्पताल भएको छ । भरतपुर अस्पताल चितवनको नाम भने यथावत छ ।

मन्त्रालयका स्वास्थ्य समन्वय महाशाखाका प्रमुख एवं स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले यी अस्पतालहरुलाई प्रदेशकै उत्कृष्ट सेवा भएका अस्पताल बनाइने दाबी गरे । ‘तत्कालका लागि संरचना त्यही हुन्छ, पछि विशेषज्ञ चिकित्सकसहितको सेवा थपिन्छ’, उनले भावी योजनाबारे भने, ‘उपचारका लागि विदेश जानै नपर्ने वातावरण निर्माण गर्ने लक्ष्य छ ।’

स्तरोन्नति गरिएका अस्पतालहरुमा मुटुको शल्यक्रिया गर्ने, किड्नी लिभर फेर्ने, क्यान्सरजस्ता जटिल रोगको उपचार पनि हुने उनको दाबी छ ।

नारायणी अस्पतालका लागि परवानीपुरमा १४ विगाहा जग्गा

वीरगञ्जस्थित नारायणी अस्पताललाई शिक्षण अस्पतालमा समेत रुपान्तरण गर्ने तयारी भइरहेको छ । त्यसका लागि संरचना निर्माण गर्न वीरगञ्ज महानगरपालिका परवानीपुरमा १४ विगाहा जग्गा खोजिएको छ । परवानीपुरस्थित कृषि सेड पछाडि र कृषि फर्म जाने रोडमा समेत गरी १४ विगाहा जमिन अस्पताललाई दिनेबारे छलफल भइरहेको सांसद् प्रदीप यादवले जानकारी दिए ।

‘नारायणी अस्पतालको स्तरोन्नति र टिचिङ अस्पतालका लागि स्वास्थ्य मन्त्रालयले २० विगाहा जमिन मागेको छ, परवानीपुरमा १४ विगाहा फेला परेको छ’, उनले भने, ‘नारायणी अस्पताल भएको ठाउँमा मुख्य अस्पताल यथावत रहन्छ । परवानीपुरमा टिचिङ हस्पिटल, छात्रावास र आवास बनाउने योजना छ ।’

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले पनि कुनै विवाद र विरोध नभएको खण्डमा अस्पतालका लागि जग्गा सिफारिस गर्ने जानकारी दिए । ‘जग्गा सिफारिस समितिको बैठक बस्ने तयारी भइरहेको छ । जग्गाको सम्बन्धमा कहीँ कतैबाट विरोध भएन भने सिफारिस गर्ने कि भन्ने छ’, उनले भने ।

झण्डै १ अर्ब ७ करोडको योजनाका लागि संघ सरकारले २५ करोड बजेट विनियोजन गरिसकेको जानकारी उनले दिए । केही समयअघि उनी आवद्ध पार्टी संघिय समाजवादी फोरम नेपालका अध्यक्ष समेत रहेका स्वास्थ्य मन्त्री उपेन्द्र यादवले वीरगञ्जको टाउनहलमा आयोजित कार्यक्रममा जग्गा खोजेर दिन भनेका थिए ।

पैसा छ काम गर्ने वातावरण छैन : हक

संघ सरकारकै बजेटमा नारायणीका लागि २ सय ५१ बेडको अस्पताल भवन निर्माण हुँदैछ । मेडिकल सुपरिटेन्डेन्ट डा. एनामुल हकले भने पछिल्लो समयमा अस्पतालमा पैसा प्रर्याप्त आएको बताएका छन् ।

‘पैसा आइसकेको छ, एक साताभित्र टेन्डर गरेर भवन निर्माणको काम शुरु गर्छौं’, उनले भने ‘अस्पतालमा प्रशस्त पैसा आएको भएपनि काम गर्ने वातावरण छैन, त्यसैले सोचे अनुसार काम हुन सक्दैन ।’

भवन निर्माणका लागि प्रदेश सरकारले पनि नारायाणी अस्पताललाई ५ करोड २५ लाख दिएको मेसु हकले जानकारी दिए । वीर अस्पतालपछिको जेठो अस्पतालको रुपमा रहेको नारायणी अस्पताल राज्यको उपेक्षामा परेको गुनासो यस क्षेत्रका नागरिकले गर्दै आएका छन् ।

-अनलाइनखबर

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1505866
Today
Yesterday
This Week
Last Week
This Month
All days
309
1607
4739
1494645
6221
1505866

Your IP: 3.15.149.213
2025-05-10 05:57

Facebook Live Feed