news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

चैत्र ११ – सवारी चालक अनुमति पत्र (लाइसेन्स) पाउनका लागि लामो समय देखि सेवाग्राहीहरु प्रतिक्षामा रहेका छन् । यसबीचमा यातायात व्यवस्था विभागले अत्यावश्यक सेवाको लागि माग भए २४ घण्टामा नै लाइसेन्सउपलब्ध गराउने जनाएको छ ।

विभागले एक सूचना जारी गर्दे नेपालबाट विदेश जाने, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीबाट मिसनमा जाने तथा अन्यको हकमा अत्यावश्यक भनी कार्यालयबाट लेखि माग भएको खण्डमा लाइसेन्स भोली पल्ट नै उपलब्ध गराउने व्यवस्था गरेको जनाएको हो । विगतमा यस्ता सेवा ८ देखि १० दिनमा उपलब्ध गराउने भएकोमा गुनासो आएको कारण सेवा चुस्त बनाएको हो ।

हाल प्रक्रिया पुरा  गरेका करिब ४ लाख ५० हजार चालक रसिद कै भरमा सवारी चलाउन बाध्य छन्। विभागले एसियाली विकास बैंकको सहयोगमा एउटा मास प्रिन्टर र १० लाख कार्ड ल्याउन ठेक्का प्रक्रिया अगाडि बढाएको छ। बढीमा अबको डेढ महिनाभित्र मास प्रिन्टर सप्लाई हुने विभागले जनाएको छ। हाल विभागमा सातवटा मेसिनबाट दैनिक ३ हजार वटा लाइसेन्स छपाइ हुन्छ। विभागका अनुसार  हालसम्म करिब ८ लाख ५५ हजारले स्मार्ट कार्ड पाइसकेका छन् ।

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1506022
Today
Yesterday
This Week
Last Week
This Month
All days
465
1607
4895
1494645
6377
1506022

Your IP: 18.117.252.33
2025-05-10 06:15

Facebook Live Feed