news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

चैत्र २६ - केही दिनअघि गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र गर्दै जन्मका आधारमा नागरिकता पाएकाको सन्तानलाई वंशजका आधारमा नागरिकता दिन सर्कुलर जारी गर्यो ।

गृह मन्त्रालयको सर्कलुर त्यति बेला आयो, जतिबेला नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक संसदमा विचाराधीन अवस्थामा थियो । गृह मन्त्रालय आँफैले संसद्मा दर्ता गरेको विधेयकमाथि राज्य व्यवस्था समितिमा छलफल चलिरहेकै अवस्थामा गृह मन्त्रालयले संसद्को अवहेलना गर्दै सर्कुलर जारी गर्यो ।

गृह मन्त्रालयको सर्कुलरसँगै नेकपाका नेता भीम रावलले एक ट्वीट गर्दै ‘कानुन नबन्दै हतारमा सर्कुलर जारी गरेर सरकारले २०६३ कै हतारोलाई निरन्तरता दिएको’ आरोप लगाए ।

उनले लेखे, ‘सरकार संसदप्रति उत्तरदायी हुने कुरा भनिरहनु पर्दैन । तर विडम्बना, नागरिकतासम्बन्धी विधेयक संसदमा छलफलमा रहेको बेला सरकारले नागरिकता वितरणबारे निर्देशन जारी गर्यो । यो नेपालको संविधान नआउँदै २०६३ सालमा नागरिकता ऐन ल्याउने हतारो कै पुनरावृत्ति हो कि ?’

भीम रावलको यो असन्तुष्टी र आपत्तिसँगै अन्य नेताहरुले पनि सरकारको सर्कुलरप्रति आपत्ति जनाए  । त्यसपछि यस विषय ज्यादै पेचिलो पनि बन्यो ।

४० लाख भारतीयलाई नागरिकता दिने प्रपञ्च

यसको अर्थ अहिले यस्तो खालको नागरिकता विधेयक ल्याउने र पहिलेको २३ लाख अनि अहिलेको ४० लाख भारतीयलाई नागरिकता दिने प्रयत्न गर्ने भनेको नेपाललाई भारतीय भूमिमा विलय गराउने योजना हो ।

यूपी बिहारका सीमावर्ती क्षेत्रका आधा भारतीयसँग नेपालको नागरिकता !

नेकपाका नेता भण्डारीका अनुसार अहिले पनि यूपी, बिहार र पश्चिम बंगालका सीमावर्ती क्षेत्रका आधा मान्छेसँग नेपाली नागरिकता रहेको छ । उनले भने ‘ती स्थानहरुका आधा भारतीय नागरिकका सन्तानलाई नागरिकता दिनका लागि यो विधेयक ल्याइएको हो र यसले नेपालालई सिक्किमीकरण र फिजीकरण तर्फ लैजाँदैछ ।’

हेर्दाहेर्दै देश सिक्किमीकरण हुन्छ : चित्र बहादुर केसी

यता राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नागरिकता विधेयक खारेज गर्न नसके देश सिक्किम बन्ने दाबा गरेका छन् ।

सोमबार बुटवलमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष केसीले विदेशीलाई नागरिकता दिलाएर नेपाललाई फिजीकरण र सिक्किमीकरण बनाउने खेल भइरहेको बताएका थिए ।

उनले भने देश अब फिजी, सिक्किम हुनेवाला छ । मैलै तपाईंहरूलाई उत्तेजित बनाउन भनेको होइन ।’ जन्मको आधारमा नागरिकता दिने सरकारको पछिल्लो निर्णय राष्ट्रघाती कदम भएको टिप्पणी गर्दै संसदमा छलफलकै क्रममा रहेको नागरिकता विधेयकलाई लत्याएर सरकारले प्रमुख जिल्ला अधिकारी मार्फत विदेशीलाई नागरिकता बाँड्ने काम गरेको आरोप केसीले लगाए ।

ratopati

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1505879
Today
Yesterday
This Week
Last Week
This Month
All days
322
1607
4752
1494645
6234
1505879

Your IP: 3.137.154.13
2025-05-10 05:58

Facebook Live Feed