news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

३२  जेठ, वीरगञ्ज । गर्मी बढेपछि वीरगञ्जमा एक साताका लागि विद्यालय बन्द गरिएको छ । वीरगञ्ज महानगरपालिकाले शुक्रबार सूचना जारी गर्दै असार १ गतेदेखि ६ गतेसम्म सबै सामुदायिक तथा संस्थागत विद्यालय बन्द गरेको हो ।

वीरगञ्ज महानगरपालिका अन्तर्गत सञ्चालित सबै विद्यालयका प्रधानाध्यापकहरुको छलफल तथा नगर शिक्षक महासंघको राय अनुसार विद्यालय बन्द गर्ने निर्णयमा पुगेको सूचनामा उल्लेख छ ।

‘गर्मी अत्याधिक बढेको छ, कतिपय सामुदायिक विद्यालयमा पंखा पनि छैन, स–साना बालबालिकालाई गर्मीमा विद्यालयमा झनै समस्या छ’ महानगर प्रमुख विजयकुमार सरावगीले भने, ‘त्यहि भएर एक साताका लागि विद्यालय बन्द गर्ने निर्णय गरेका छौ, अवस्था हेरेर एक साता थप्न पनि सकिन्छ ।’

एकसातापछि पनि मनसुन शुरु नभई प्रचण्ड गर्मी कायम रह्यो भने विद्यालय बन्दलाई एक साता अझै निरन्तरता दिनुपर्ने अवस्था आउन सक्ने सरवगीले जानकारी दिए ।

वल्र्ड वेदर अनलाईन, वेदर फोरकाष्ट डटकम लगायतका अनलाइनले तापक्रम ४० देखि ४५ डिग्री सेल्सियस पुग्ने अनुमान गरेका छन् ।

गत वर्ष पनि गर्मीकै कारण जेठ २९ गतेदेखि असार ३ गतेसम्म वीरगञ्ज महानगरपालिकाले विद्यालय बन्द गरेको थियो ।

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1505842
Today
Yesterday
This Week
Last Week
This Month
All days
285
1607
4715
1494645
6197
1505842

Your IP: 3.141.164.253
2025-05-10 05:55

Facebook Live Feed