news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

बिरगंज चैत्र १३ -आज मिति २०७६ साल चैत्र महिनााको १३ गते बिहिवार कोभिड १९ कमाण्ड पोष्ट पर्साका अध्यक्ष एवं पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री विष्णु कुमार कार्कीज्यूको अध्यक्षतामा कमाण्ड पोष्टको बैठक देहायको उपस्थितिमा बसी निम्न अनुसार निर्णयहरु गरियो ः


उपस्थिति
अध्यक्ष विष्णुकमार कार्की प्रमुख जिल्ला अधिकारी, पर्सा
सदस्य डा. मदन उपाध्याय नारायणी अस्पताल, बीरगंज, पर्सा
सदस्य मदनजंग राणा प्रमुख सेनानी, चण्डी प्रसाद गण, पर्सा
सदस्य गंगा पन्त प्रहरी उपरीक्षक, जिल्ला प्रहरी का., पर्सा
सदस्य दिपेन्द्र कुँवर सशस्त्र प्रहरी उपरीक्षक, स.प्र.ब. नेपाल, पर्सा
सदस्य कुमार खड्का उप अनुसन्धान निर्देशक, रा.अ.जि. कार्यालय, पर्सा
सदस्य सचिव ललितकुमार बस्नेत स.प्र.जि.अ. जिल्ला प्रशासन कार्यालय, पर्सा
विशेष आमन्त्रित ः
विजयकुमार सरावगी नगरप्रमुख, बीरगंज महानगरपालिका, पर्सा
अरुण महतो स्वास्थ्य महाशाखा प्रमुख, बी.म.न.पा. पर्सा गोपाल केडिया अध्यक्ष, बीरगंज उद्योग, वाणिज्य सँघ, पर्सा
सुवोध गुप्ता वरिष्ठ उपाध्यक्ष, बीरगंज उद्योग, वाणिज्य सँघ, पर्सा

निर्णयहरू
१. नेपाल सरकार मन्त्रिपरिषदको मिति २०७६।१२।०९ गतेको वैठकबाट नेपालमा ऋइख्क्ष्म्(ज्ञढ को संक्रमण फैलने संभावना देखिएकोले नेपाल सरकारले संक्रामक रोग ऐन, २०२० को दफा २ ले दिएको अधिकार प्रयोग गरी सो को रोकथाम र निर्मूल गर्न मिति २०७६ चैत्र ११ गते विहान ६ बजेदेखि जारी गरिएको लकडाउन पालना गराउन एवं COVID 19 को रोकथाम, नियन्त्रण र व्यवस्थापनको लागि यस अघि गरिएका निर्णयहरुको कार्यान्वयन अवस्थाको समीक्षा गर्दै यसलाई थप प्रभावकारी बनाउने ।
२. विश्वब्यापी रुपमा महामारीको रुपमा फैलदैं गएको कोरोना भाइरस COVID 19 को रोकथाम एवं पूर्वतयारीलाई प्रभावकारी बनाउने र कोरोना संक्रमित व्यक्तिहरु फेलापरेको अवस्थामा त्यस्ता व्यक्तिहरुको उपचारलाई प्रभावकारी रुपमा अघि बढाउन नारायणी अस्पतालका मेडिकल अधिकृतको संयोजकत्वमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल, बीरगंज महानगरपालिकाका स्वास्थ्य सम्बन्धी हेर्ने अधिकृत प्रतिनिधि तथा नारायणी अस्पतालका नर्सिङ् अधिकृत सदस्य रहेको एउटा Quick Response Team बनाउने ।
३. खाद्यान्न, ग्याँस लगायतका अति आवश्यकता वस्तुहरुको ढुवानी राति ९ बजेदेखि विहान ७ बजेको समय भित्र गर्न लगाउने ।
४. कोरोना महामारी एवं लकडाउनको बहानामा पछिल्लो समयमा एल.पि.जि. ग्याँसको अभाव भएको भनी विभिन्न गुनासो आएको सन्दर्भमा ग्याँसको आपूर्ति सहज बनाउन नेपाल आयल निगम शाखा कार्यालय, बीरगंजलाई हरेक दिन यस जिल्लाका विभिन्न ग्याँस उद्योगहरुलाई वितरण गरिएको ग्याँसको विवरण उपलब्ध गराउन लगाउने । ग्याँसको बिक्री वितरणको लागि विहान ११ बजेदेखि ३ बजेसम्मको अवधि तोक्ने । बिक्री वितरण गर्दा पनि कम्तिमा ३ फिटको दुरी कायम हुने गरी व्यवस्थित रुपमा लाइन मिलाउने ।
५. २०७६।१२।१२ को कमाण्ड पोष्टले निर्णय गरेअनुसार नै खाद्यान्न बिक्री वितरण विहान ११ बजेदेखि दिउसो ३ बजेसम्मको समयअवधि भित्र र तरकारी तथा फलफूल बिक्री वितरण विहान ७ बजेदेखि दिउसो १ बजेसम्मको गर्ने । बिक्री वितरण गर्दा कम्तिमा ३ फिटको दुरी कायम हुने गरी व्यवस्थित रुपमा लाइन मिलाउने ।
६. कोरोना रोगका संकास्पद व्यक्तिहरुलाई १४ दिनसम्म यदकभचखबतष्यल मा राख्नको लागि कुल बेड संख्याको १० प्रतिशत बेड उपलब्ध गराउन पर्सा जिल्लका सबै निजी अस्पतालहरुलाई अनुरोध गर्ने ।
७. कोरोना महामारी एवं लकडाउनको मौका छोपी कृत्रिम अभाव, कालो बजारी लगायतका अवाञ्छित क्रियाकलाप हुन नदिन बजार अनुगमनलाई थप प्रभावकारी बनाउने ।
८. उल्लेखित कुराहरुको पूर्ण पालना नगर्ने व्यक्तिहरुलाई प्रचलित कानून बमोजिम तत्काल नियन्त्रणमा लिई कारवाही गर्ने ।
स्रोत जिल्ला प्रसासन कार्यालय पर्सा

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1506213
Today
Yesterday
This Week
Last Week
This Month
All days
656
1607
5086
1494645
6568
1506213

Your IP: 18.224.93.225
2025-05-10 10:34

Facebook Live Feed