news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

चितवन वैशाख १३ — कोरोना भाइरसको संक्रमण पुष्टि भएर भरतपुर अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएका दुई जनामध्ये एकजना २७ वर्षीय पुरुषको स्वाब परीक्षणमा लगातार दोस्रो पटक नेगेटिभ नतिजा देखिएको छ ।

भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार बिहीबार र शुक्रबार ती व्यक्तिको स्वाब परीक्षण भएको थियो। २४ घण्टाको फरकमा गरिएका दुवै परीक्षणको नतिजा नेगेटिभ आएको पौडेलले जानकारी दिए।

‘यो भनेको ती व्यक्ति निको भए भन्ने हो। प्रोटोकलअनुसार अब उनलाई अस्पतालबाट डिस्चार्ज गर्न मिल्छ,’ भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपेरिटेन्डेन्ट डा.श्रीराम तिवारीले भने। ती व्यक्तिसँगै उनको आमालाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो। उपचार सुरु भएपछि बिहीबार पहिलो पटक आमाछोरा दुवैको स्वाब परीक्षण गरिएको थियो। आमाको नतिजा भने पाेिजटिभ देखिएको छ। आमाको आइतबार फेरि परीक्षण हुने छ।

 

चैत ३ गते बेलायतबाट फर्केका पूर्वी चितवन राप्ती नगरपालिका–८ ब्रह्मनगरका यी आमा छोरामा गत शुक्रबार अर्थात वैशाख ५ गते कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो। चैत्र ४ गते अर्का छोरा पनि हङकङबाट काठमाडौं आएका थिए। उनीहरु तीनजना काठमाडौंमा भेट भएर चैत्र ५ गते सँगै घर आएका थिए। होम क्वारेन्टाइनमा बसेका उनीहरुको वैशाख ३ गते द्रुत परीक्षण (आरडीटी) भएको थियो।

आरडीटीमा आमामा मात्रै एन्टीबडी पोजिटिभ देखिए पनि सँगै आएका दुईजना छोरालाई पनि स्वाब परीक्षण गर्न भरतपुर ल्याएर सकारी अस्पतालको आइसोलेसन वार्डमा राखिएको थियो। स्वाब परीक्षणमा बेलायतबाट सँगै आएका आमा छोरामा संक्रमण पुष्टि भए पनि हङ्कङबाट आएका अर्का छोरामा संक्रमण भेटिएन। उनी अहिले होम क्वारेन्टाइनमा नै छन्।

नियमले डिस्चार्ज गर्न मिल्ने भए पनि आमा पनि उपचारमै भएको हुँदा परिवारसँग पनि सल्लाह गर्ने र राप्ती नगरपालिकाका मेयर प्रभा बरालसँग सम्पर्क गरेर निर्णय लिने भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपेरिटेन्डेन्ड डा.श्रीराम तिवारीले बताए। स्वाबको नतिजा लगातार दुई पटक नेगेटिभ आएर अस्पतालबाट बिदा भए पनि त्यस्ता व्यक्तिहरु एक हप्ता होम क्वारेन्टाइनमा बस्नु पर्ने नियम रहेको डा.तिवारीको भनाइ छ।अस्पतालले शुक्रबार राति परीक्षणका लागि लगिएका २४ वटा नमुनाको नतिजा सर्वाजनिक गरेको थियो। जसमा सबैको नेगेटिभ नतिजा आएको थियो। अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार भरतपुरमा अहिलेसम्म स्वाब परीक्षणका लागि ४७२ वटा नुमना संकलन गरेर आरटी–पीसीआर परीक्षण गरिएको छ। जसमा दुईजना बाहेक अरुमा अहिलेसम्म संक्रमण देखिएको छैन। कोरोना भाइरस परीक्षणका लागि भरतपुरमै प्रयोगशाला सञ्चालन भएको छ। यसै गरी लगभग सात सय जनाको द्रूत परीक्षण (आरडीटी) पनि भएको छ।

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1512230
Today
Yesterday
This Week
Last Week
This Month
All days
1532
64
1596
1501303
12585
1512230

Your IP: 3.148.208.237
2025-05-19 21:42

Facebook Live Feed