news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

वीरगन्ज बैशाख १४ : वीरगन्जमा थप २ जनामा कोरोना भाइरस कोभिड–१९ पुष्टि भएको छ । वीरगन्ज महानगर वडा नम्बर २ र ३ का दुई पुरुषमा पीसीआर परीक्षणका क्रममा पोजिटिभ देखिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले जानकारी दिए।

यसअघि कोरोना संक्रमणको पुष्टि भएका छपकैयास्थित मस्जिदमा बस्दै आएका तीन भारतीय जमातीसँगको सम्पर्कमा रहेका दुई जनामा कोरोना संक्रमणको पुष्टि भएको सहायक प्रजिअ बस्नेतले बताए।

ती मध्ये वीरगन्ज–३ छपकैयाका ४९ वर्षीय पुरुषलाई प्रहरीले नारायाणी अस्पताल वीरगन्जमा ल्याएको छ। उनी वीरगन्ज महानगरको सरसफाइ शाखामा कार्यरत कर्मचारी रहेका छन्। अर्का वीरगन्ज–२ घुसुकपुरका ५५ वर्षीय पुरुषलाई पनि भर्खरै अस्पताल ल्याइएको छ। उनलाई शंकास्पद ठानी सिदार्थ माविको क्वारेन्टाइनमा राखिएको थियो ।


सहायक प्रजिअ बस्नेतका अनुसार कोरोना संक्रमित भारतीय जमातीसँग सम्पर्कमा रहेका वीरगन्ज मअहानगरो वडा नम्बर १,२ र ३ का १४६ जना र पर्सा जिल्लाका विभिन्न क्वारेन्टाइनमा राखिएका ४१ गरी १८७ जनाको स्वाब संकलन परीक्षणका लागि काठमाडौं पठाइएको थियो । सो मध्ये आइतबार बिहानसम्म ८२ जनाको रिपोर्ट आएको छ। जसमा दुई जनाका कोरोना भाइरस संक्रमण रहेको पुष्टि भएको हो।

कोरोना संक्रमणपछि नारायणी अस्पतालमा उपचार गराइरहेको ३ भारतीय जमातीलाई भने केहीबेरमा डिस्चार्ज गर्ने तयारी अस्पतालले गरिरहेको छ। यससँगै नेपालमा कोरोना पुष्टि हुनेको संख्या ५१ पुगेको छ।
सम्भार अन्नपूर्ण

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1506234
Today
Yesterday
This Week
Last Week
This Month
All days
677
1607
5107
1494645
6589
1506234

Your IP: 13.58.242.216
2025-05-10 11:45

Facebook Live Feed