news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

वीरगन्ज बैशाख २२ : पर्साका एक युवाले लकडाउनबाट प्रभावित अतिविपन्न परिवारको लागि राहत जुटाएर दुः खको घडीमा साथ दिएका छन् ।

वीरगन्ज १६ नगवाका शेष जावेद ट्रेडर्सका संचालक २८ वर्षिय शेष मकसुद आफ्नो व्यवसायको लागि जम्मा गरेको रकमले अतिविपन्न परिवारहरुको राहत समाग्री उपलब्ध गराई प्रशंसा बटुल्न पछि हटेनन् ।

महानगरपालिकाले पहिलो चरणमा वडा समिति कार्यालय मार्फत यहाँका अतिविपन्न परिवारलाई राहत वितरण गरिएको थियो । लकडाउनको पहिलो चरणमै महानगरपालिकाले दैनिक ज्यालादारी, रिक्सा, ठेला चालक लगायत अतिविपन्न परिवारलाई राहत उपलब्ध गराएको थियो ।

पहिलो चरणमा महानगरले उपलब्ध गराएको खाद्यन्न समाग्री वडा समितिले विभाजन गरेर प्रतिपरिवार १० किलो चामल, दाल, नुन, तेल वितरण गरेका थिए । १० किलो चामलले ५ देखि ८ दिन सम्म मात्र छाकटार्न सकेका थिए । दैनिकी जिवन चालउन धौं धौं परिरहेको छ ।

सरकारले उपलब्ध गराएको राहतको समाग्री खाएर सकिएपछि स्थानियलाई दुईछाक टार्नसमेत धौं धौं परिरहेको अवस्थामा मकसुदले उनीहरुको दुख सहन नसक्दा आफनो व्यवसायीको लागि जम्मा गरेर राखेको रकमले राहत खरीद गरी स्थानियमा वितरण गरेको हुन् । उनको यो सराहनी कामको चौतर्फी प्रशंसासमेत भईरहेको छ ।कोभिड-१९ को संक्रमण रोकथाम तथा नियन्त्रण गर्न सरकारले लागु गरेको लकडाउन आज ४२ औं दिन पुगि सकेको छ । लकडाउनका कारण अतिआवश्यक खाद्यन्न बाहेकसम्पूर्ण पसलहरु बन्द रहेको छ । यहाँसम्म स्थानिय प्रशासनले माछामासुको पसल पूर्ण रुपमै बन्द गराएको छ ।
मकसुद पनि कुखुरा व्यवसायी नै हो । लामो समय देखि पसल बन्द रहेपनि व्यवसायी गर्न राखेका रकम स्थानियको उद्दारमा खर्च गर्न पछि हटेनन् । उनले वीरगन्ज १६ नगवा टोलका करिब २०० भन्दा अतिविपन्न परिवारको लागि चामल, दाल, नुन, तेल, आलु, प्यास, लुगा धुने साबुन राहत स्वरुप उपलब्ध गराएको बताए ।

मात्र पैसा काम लाग्छ, यदी मनुष्य नै रहेन भने पैसाको कुनै महत्व छैन् त्यसैले आफ्नो व्यवसायबाट जम्मा गरेको रकमबाट स्थानियको चुल्लो ननिभोस् भन्ने उदेश्यले राहत वितरण गरेका हौं ।’

राहत वितरण कार्यक्रममा वडा समितिका वडा अध्यक्ष श्यामबाबु चौरसिया, ईलाका प्रहरी कार्यालय नगवाका प्रहरी नायब निरिक्षक पुरुषोत्तम महतो, जसपाका नेता अयुबँ मियाँ, मईम मियाँ, सुरेन्द्र सर्राफ, मन्सुर मियाँ, शेख मुसाफिर, गुडड् लगायतको जावेद ट्रेडर्समा आवद्ध युवाहरुको सहभागिता रहेको थियो ।

सम्भार द नेपाल टोप 

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1506227
Today
Yesterday
This Week
Last Week
This Month
All days
670
1607
5100
1494645
6582
1506227

Your IP: 3.21.55.224
2025-05-10 11:13

Facebook Live Feed