news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

बिरगंज बैशाख २४ -

                                                                  जिल्ला प्रशासन कार्यालय पर्साको जरुरी सार्वजनिक सूचना ( प्रकाशित मिति ः २०७७।०१।२४)


आज मिति २०७७ साल वैशाख महिनाको २४ गते बुधबार पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री विष्णु कुमार कार्कीज्यूको अध्यक्षतामा बसेको जिल्ला सुुरक्षा समितिको बैठकले गरेका तपसिल बमोजिमका निर्णयहरु जानकारी एवं कार्यान्वयनको लागि सम्वन्धित सबैमा अनुरोध छ ।
तपसिल ः
१. आज यस जिल्लामा १७ जनालाई कोभिड १९ पोजेटिभ देखिए पछिको अवस्थाको विश्लेषनात्मक समीक्षा गरियो । कोभिड १९ को संक्रमण फैलनबाट रोक्न पूर्वमा रजत जयन्ती चौक, इदगाहचौक, छपकैया बिट चौक, मालपोत चौक, पश्चिममा छपकैया बजार चौक , सर्सिया पुल चौक, सिर्सिया भन्सार, उत्तरतर्फ एम बि एस स्कूल, पानी ट्यांकी चौक, युक्तिसुधार केन्द्र, बहिपुल, दक्षिणतर्फ वी.म.न.पा. वडा नम्बर १ र २ का मित्र राष्ट्र भारतसँग सीमा जोडिएका सीमा क्षेत्र सहित वडा नम्बर १, २ र ३ का इलाकाहरु समेटिने गरी सिलबन्दी गर्ने ।
२. कोभिड १९ पोजेटिभ देखिएका व्यक्तिहरुको सम्पर्कमा आएका सबै व्यक्तिहरुको शीघ्र Contact Tracing गरी चेकजाँचको कामलाई तीब्र पार्ने ।
३. पावर हाउस चोकदेखि रजत जयन्ती चौकसम्मको सडकमा विहान ५ बजेदेखि साँझ ७ः३० बजेसम्म एम्बुलेन्स, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी ओसारपसार गर्ने अस्पतालका सवारी साधन र अत्यावश्यक अवस्थामा जिल्ला प्रशासन कार्यालयले पास जारी गरेका बाहेकका अन्य सबै प्रकारका सवारी साधनहरु (साईकल, मोटरसाईकल, टेम्पो, रिक्सा, बयलगाडा, टांगा, बस, ट्रक, ट्रिपर, ट्याक्टर आदि) सञ्चालन, प्रयोग गर्न पूर्ण रुपमा निषेध गर्ने ।
४. कृषि उत्पादन, खाद्यान्न तथा अन्य वस्तुहरुको ढुवानी यस पूर्व गरेको निर्णय अनुसार नै गर्न दिने र यसको लागि पासको आवश्यकता नपर्ने ।
५. औषधी उपचार, खाद्यवस्तु खरिदजस्ता अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्ति घरलाई बाहिर निस्कन निषेध गर्ने ।

 

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1506232
Today
Yesterday
This Week
Last Week
This Month
All days
675
1607
5105
1494645
6587
1506232

Your IP: 18.188.149.185
2025-05-10 11:26

Facebook Live Feed