news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

वीरगञ्ज, जेठ १ – निषेधाज्ञा उल्लङ्घन गरेको भन्दै बीरगन्ज महानगरपालिकाका एक स्वास्थ्यकर्मीलाई सेनाले कुटेको छ । वीरगञ्ज महानगरपालिका अन्र्तगतको वडा नं. २४ मा रहेको रामगढवा स्वास्थ्यचौकीमा काम सकेर घर फर्किदै गरेका स्वास्थ्यकर्मी एचए विवेक कुमार चौरसियालाई नेपाली सेनाका जवानले कुटपिट गरेका हुन् ।

हाल वीरगञ्ज ११ रानीघाट निवासी पिडित चौरसियाले भने “दिउँसो ३ बजे म काम सकेर पैदल नै घर फर्कदैं थिए, रानीघाट हनुमान मन्दिर धर्मशालानिर रहेका सेनाका दुई जवानले मलाई रोके, महानगरपालिकाको परिचय पत्र पनि लगाएकै थिए ।”

“बाहिर निस्कनु हुदैंन थाहा छैन, स्वास्थ्यचौकीमै बस्नुस, त्यहीं पकाउनुस्, त्यहीं खानुस्” सेनाका ती जवानले भनेको चौरसियाले बताए । एक जनासँग कुराकानी गर्दागर्दै अर्का जवानले जो भए पनि मतलब छैन भन्दै आएर अन्धाधुन्द कुटेको पिडित चौरसियाले बताए ।

यता, जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको निषेधाज्ञामा भने स्वास्थ्यकर्मीलाई भने सेवा प्रदान गर्न कुनै रोक नलगाइएको जनाएको छ ।

निषेधाज्ञाको बुदाँ नं. १ को (क) मा निषेधाज्ञा अवधिभर औषधी उपचार तथा अन्य अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्तिहरु घरबाहिर ननिस्कने भनिएको छ । त्यस्तै, बुदाँ (ख) मा शान्ति, सुरक्षा तथा सुव्यवस्था, स्वास्थ्य, खानेपानी, दुध, विद्युत, दमकल, संचार , भन्सार, आइसीपि, क्वारेन्टाइन, फोहरमैला व्यवस्थापन, इन्धन, एम्बुलेन्स, औषधी जस्ता अति आवश्यक सेवा बाहेक अन्य सम्पूर्ण पसल, उद्योग, व्यवसाय, सेवा संचालन बन्द गर्ने भनिएको छ । यसैगरी, बुदाँ (ग) मा स्वास्थ्यकर्मी, सुरक्षाकर्मीले प्रयोग गर्ने बाहेक सबै प्रकारका सार्वजनिक तथा निजी यात्रुबाहक सवारी साधन सञ्चालनमा रोक लगाउने भनिएको छ ।

निषेधाज्ञामा स्वास्थ्यकर्मीलाई सेवा प्रदान गर्न रोक नलगाइएको प्रस्ट हुदाँहुँदै पनि नेपाली सेनाका जवानले स्वास्थ्यकर्मीलाई कुटेका छन् । कोरोनाको संक्रमण नियन्त्रण र रोकथामका लागि नेपाली सेना समेत परिचालन गरेको स्थानीय प्रशासनले निषेधाज्ञाबारे स्पष्ट नपारी सेनालाई परिपत्र गरेको देखिन्छ ।

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1506180
Today
Yesterday
This Week
Last Week
This Month
All days
623
1607
5053
1494645
6535
1506180

Your IP: 18.220.69.92
2025-05-10 09:33

Facebook Live Feed