news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

दिपक चौरसिया÷
पर्सा २५ जेठ,
वीरगंजमा वडा प्रहरी कार्यालय बिर्ताको टोलीले आतंक नै मच्चाएको भन्दै चौतर्फि बिरोध हुन थालेको छ । वडा प्रहरी कार्यालय बिर्ताको टोलीले कहिले चिकित्सक, कहिले स्वास्थ्यकर्मी, कहिले बैंकर्स, कहिले सञ्चारकर्मी त कहिले सर्वसाधारणलाई बिना कारण लकडाउनको बहाना बनाउदै कुटपिट गर्न थालेकोलेमा स्थानियहरुले आज बिरोध गरेका छन् ।


आईतवार दिउसो करिब ३ः३० बजेको समयमा वीरगंजको गहवा स्थित मिना बजार कम्पलेक्स पछाडि केही व्यक्तिहरुले तरकारी तथा फलफुल विक्रिवितरण गर्दै थिए । त्यहि समय वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी नायब निरिक्षक गजानन्द साहको नेतृत्वमा रहेको प्रहरी टोली त्यहाँ आउने वितिकै सबै तरकारी व्यपारीहरु भागे । तर त्यहि स्थानमा करिब ८०÷८५ वर्षका एक बृद्ध थिए । उनि भाग्न सकेनन् । प्रनानि साहको नेतृत्वमा रहेको के.पी. पटेल भन्ने हवलदार र सामुदायिक प्रहरी सेवा केन्द्र मिनाबजारका प्रहरी सहायक निरिक्षक बिवेक जैसवालले सो बृद्धलाई घसार्दै प्रहरी भ्यानमा राख्न खोजेका थिए । त्यतिकैमा त्यहाँ पुगेका केही सञ्चारकर्मीहरुले फोटो तथा भिडियो लिन खोज्दा प्रहरी हवलदार पटेलले अपशब्द प्रयोग गर्दै लठ्ठी हान्ने प्रयास समेत गरेका थिए । “तपाईहरुलाई कस्ले फोटो तथा भिडियो गर्न आदेश दिएको हो, हामीलाई मात्र गलत हेराउने काम गर्दै हुनुहुन्छ” भनि सञ्चारकर्मीहरुमाथि अपशब्द प्रयोग गर्दै खनिए । त्यहाँ आएका प्रहरी र सञ्चारकर्मीबिच केही बेर भनाभन समेत भएको थियो ।
सो घटना पश्चात त्यहाँका स्थानियहरुले प्रहरी विरुद्ध बिरोध प्रदर्शन समेत गरेका थिए । प्रहरीलाई १००÷२०० रुपैया तथा तरकारी दिने व्यापारीहरुलाई केही नगर्ने तर गाउँबाट आएका सोझासाझा किसानहरुलाई प्रहरीले दुःख दिने गरेको किसानहरुको आरोप रहेको छ । हाल वीरगंजमा जोर बिरोर प्रणाली अनुसार लकडाउनलाई सहज बनाईएको छ । तर पनि प्रहरी प्रशासनले बिना कारण सर्वसाधारण व्यक्तिहरुलाई मानसिक तनाव दिने गरेको स्थानियहरुको भनाई रहेको छ ।
सो घटनामा वडा प्रहरी कार्यालय बिताका प्रहरी निरिक्षक निर्मल पनेरु सँग बुझदा सञ्चारकर्मीमाथि गरिएको अभद्र व्यवहार तथा कुनै पनि सर्वसाधारण माथि आफुहरुले ज्यादती नगर्ने भनि माफी माग्दै आउने दिनमा सो घटनामा संलग्न प्रहरीलाई सम्झाउने बताए ।

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1505760
Today
Yesterday
This Week
Last Week
This Month
All days
203
1607
4633
1494645
6115
1505760

Your IP: 3.145.171.144
2025-05-10 05:28

Facebook Live Feed