news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

जीतपुर, चैत्र १६ : बाराको जीतपुरसिमरा उपमहानगरपालिका–७ जीतपुरमा प्रहरी र विद्यार्थी बिच झडप भएको छ ।

वीरगञ्ज चैत १५: चिकित्सक श्रीमानको कुटाईबाट गम्भिर घाइते भएकी महिलाको उपचारका क्रममा निधन भएको छ ।

वीरगञ्ज महानगरपालिका वडा नं २० स्थित हरपतगञ्जकी ४५ बर्षीया सुनीता यादवको शिक्षण अस्पतालमा उपचारका क्रममा शुक्रबार निधन भएको हो ।

सिमरा चैत १५: बाराको सिमरास्थित डिभिजन बन कार्यालयमा अख्तियारले आज छापा मारेको छ । अख्तियारको टोलीले एक लाख पन्ध्र हजार रुपैया घुस सहित बन कार्यालयका प्रमुख सहित अन्य दुई कर्मचारीलाई रगेंहात पक्राउ गरेको हो । 

हेटौडास्थित आयोगको कार्यालयबाट खटिएको प्रहरी नायब उपरीक्षक केशव भट्टराई नेतृत्वको टोलीले डिभिजन वन कार्यालयका प्रमुख शिवशंकर ठाकुर, सहायक वन अधिकृत गौरीशंकर केशरी र कार्यालय सहयोगी रामचन्द्र अधिकारीलाई एक लाख १५ हजार  रुपैयाँ घुससहित पक्राउ गरेको हो ।  

डिभिजन प्रमुख ठाकुरले कार्यालय सहयोगी मार्फत रकम लिन लगाएको अख्तियार स्रोतले जानकारी दिएको छ ।   

सेवाग्राहीसँग घुस लिएर हैरान बनाएको उजुरी परेपछि प्रहरी नायव उपरीक्षक केशव भट्टराईको नेतृत्वमा अख्तियारको टोली बारा आइपुगेको हो।

पक्राउ परेका तीनै जना कर्मचारीलाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि आयोगको टंगालस्थित कार्यालयमा पठाउने हेटौडास्थित आयोगका प्रमुख हुमकला पाण्डेले जानकारी दिनुभयो ।

वन कार्यालयले आह्वान गरेको कबाडी ठेक्काको टेन्डर स्वीकृति गर्न डिभिजन वन कार्यालय प्रमुखसहित तीनै जना कर्मचारी ठेकेदारसँग घुस रकम लिएको आयोगले जनाएको छ ।

निगरानी बढाइएको अवस्थामा ठेक्कालाई स्वीकृति गर्न प्रमुख ठाकुर र सहायक वन अधिकृत केशरीले कार्यालय सहयोगी अधिकारीमार्फत घुस रकम लिएको अवस्थामा पक्राउ गर्न सकिएको पाण्डेले बताउनुभयो ।

धनुषा चैत्र १५ – एसईई अन्तर्गत शुक्रबार हुने अनिवार्य समाजिक विषयको परीक्षाको प्रश्नपत्र पनि आउट भएको छ ।

बिहीबार मात्र विज्ञान विषयको प्रश्नपत्र सप्तरीमा परीक्षा पूर्व नै आउट भएपछि प्रदेश दुईभरिकै परीक्षा रद्द गरिएको थियो ।

वीरगंज,१५ चैत्र । लगातार दुई वटा विषयको परीक्षा अघि नै प्रश्नपत्र बाहिरिएपछि निजी विद्यालयले प्रदेश २ को सबै परीक्षा स्थगित गर्न सरकारसँग माग गरेको छ। एन प्याब्सन, प्याब्सन र मधेस प्याब्सनको केन्द्रीय समितिले शुक्रबार जनकपुरमा संयुक्त पत्रकार सम्मेलन गरेर यस्तो माग गरेका हुन्। प्रदेश २ विज्ञान र सामाजिक विषयको प्रश्नपत्र बाहिरिएको छ ।

धनुषा   चैत १४– जनकपुरमा ५ जनाको ज्यान जाने गरी भएको बम काण्डमा पूर्व सांसद तथा राज्यमन्त्री संजय साह ( टकला) दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको छ ।

जिल्ला अदालत धनुषाका न्यायाधीश राजेशकुमार कटुवालको इजलासले त्यही घटनामा स‌ंलग्न ७ जनालाई जन्मकैदको फैसला सुनाउनु भएकाे हाे । जन्मकैद सजाय पाउनेहरुमा पूर्व मन्त्री साह ’टक्ला’,  अर्जुन सिंह भनिने मुकेश चौधरी, राजन मुक्ति भनिने रञ्जित झा, जयप्रकाश चौधरी, मुकेशकुमार कर्ण, सुरेश कर्ण, रिपेन्द झा रहेको अदालतका श्रेस्तेदार राधाकान्त झाले जानकारी दिनुभयो ।

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1375948
Today
Yesterday
This Week
Last Week
This Month
All days
212
249
2899
1364765
7209
1375948

Your IP: 18.119.162.204
2024-05-18 20:07

Facebook Live Feed