news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

काठमाडौं चैत २९: सरकारले तराईका सबै जिल्लामा कर कार्यालय स्थापना गर्ने तयारी गरेको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले तराईका सबै जिल्लामा कर कार्यालय स्थापना गर्ने तयारी भइरहेको बताउनु भएको हो । शुक्रबार नेपाल उद्योग वाणिज्य महासंघको काठमाडौंमा आयोजित ५३ औं वार्षिक साधारण सभाको दोस्रो सत्रलाई सम्बोधन गर्दै उहाँले मझौला खालका व्यवसायीहरु बढदै गएका पहाडका जिल्लाहरुमा पनि उद्योग व्यवसायको कामलाई सहज बनाउन सरकारले कर कार्यालय स्थापना गर्दै लैजाने विषयलाई उच्च प्राथमिकता दिएको पनि स्पष्ट पार्नुभयो ।

अर्थमन्त्री खतिवडाले भन्सार कार्यालयहरुको पूर्वाधार विकासमा पनि जोड दिने प्रतिवद्धता दोहो¥याउनु भयो । उहाँले भन्सार कार्यालयहरुलाई सहज बनाएर व्यवसायीहरुले भोग्दै आएका विभिन्न खालको समस्या समाधान गर्न सरकार लागि परेको दावी पनि गर्नुभयो ।

कार्यक्रममा बोल्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले रुग्न उद्योगहरुलाई आवश्यक राहत दिन सरकार प्रतिवद्ध रहेको बताउनु भयो । उहाँले स्वदेशी उद्योगको संरक्षण गर्ने सरकारको नीति रहेकाले त्यसमा ढुक्क हुन पनि उद्योगी व्यवसायीहरुलाई आग्रह पनि गर्नुभयो । मन्त्री यादवले थप उद्योग स्थापनाका लागि सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढन तयार रहेको पनि बताउनु भयो ।

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1505819
Today
Yesterday
This Week
Last Week
This Month
All days
262
1607
4692
1494645
6174
1505819

Your IP: 18.225.34.193
2025-05-10 05:52

Facebook Live Feed