news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

वीरगन्ज २० बैशाख ।
आईएमई लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड पर्सा शाखाले शुक्रबार एक कार्यक्रमको आयोजना गरी बीमितका परिवारलाई मृत्यु दाबी रकम भुक्तानी गरेको छ ।
बाराको सुवर्णपुर गाउँपालिका ३ कवही गोठकी ३३ बर्षिय ललिता देवीको अचालन पेटमा दर्द भएपछि उपचारका लागि नजिकै रहेको कवही सामुदाहिक अस्पतालमा लैजाने क्रममा बाटो मै मृत्यु भएको थियो ।


मृत्यु भएको दुई साता नवित्दै आईएमई लाईफ ईन्स्योरेन्स कम्पनीले मृत्यु दावी भुक्तानी कार्यक्रमको आयोजना गरी बिमितका श्रीमान काशिलाल राउत यादवलाई कम्पनीका सहायक महाप्रबन्धक आशिष सिंहले ३ लाखको चेक हस्तान्तरण गरेका हुन ।
मृत्यु दावी रकम पाएपछि मृतका श्रीमान् काशिलालले प्राप्त रकमलाई छोरा छोरीको शिक्षा दिक्षामा खर्च गर्ने बताए । उनले भने, आफू त एक अक्षर पढेलेखेका छैन्, नपढेका कारण दैनिक जीवन विताउन कठिनाई भईरहेको छ, आफूले भोग्दै आएको कठिनाई भविष्यमा आफना छोरा छोरीले भोग्नु नपरोस भन्ने सोच बनाएकोले पाएको रकम छोरा छोरीको शिक्षा दिक्षामा नै खर्च गर्ने छु ।
कार्यक्रममा सहायक महाप्रबन्धक सिंहले श्रीमती गुमाएको परिवार प्रति सम्बेदना व्यक्त गर्दै विमाबाट पाएको रकम सहि कामका लागि सदुपयोग गर्न आग्रह गरे । उनले भने, मानिसको जीवन मरनको कुनै निश्चित हुदैन अभिभावक गुमेमा कति पिडा हुन्छ, हामी बुझेका छौ, त्यसैले आफनो परिवारको भविष्यको लागि भएपनि प्रत्येक परिवारले बीमा गर्नुपर्छ ।
बीमाको विषयमा धेरै भ्रमको खेती हुने गरेको छ, तर अहिले भ्रमलाई चिर्न आवश्यक रहेको औल्याउँदै सहायक महाप्रबन्धक सिंहले भने, ग्रामीण भेगमा बीमा गर्न’ भनेको काल निम्त्याउन’ जस्तो भएको भन्ने गलत बुझाई रहेकोले बीमाले भवितव्य भए परिवारलाई राहत मिल्ने, नभए बचतको रुपमा लिनुपर्छ । कार्यक्रममा यस शाखाका प्रसाशनतर्फ बाट राहुल सोनी लगायतको सहभागिता रहेको थियो ।

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1505705
Today
Yesterday
This Week
Last Week
This Month
All days
148
1607
4578
1494645
6060
1505705

Your IP: 18.216.45.231
2025-05-10 03:57

Facebook Live Feed