news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

१६  भदौ, सर्लाही । सर्लाहीमा स्थानीय सर्वसाधारणलाई पैसा ब्याजमा लगाई ठगी गर्ने श्यामकृष्ण शाह ‘परदेशी’लाई प्रहरीले पक्राउ गरेको छ । नक्कली तमसुक बनाई सर्वसाधारणलाई ठगी गरेको विषयमा छानबिन गर्न प्रहरीले उनलाई मलंगवा–१० स्थित घरनजिकैबाट पक्राउ गरेको हो ।

प्रदेश २ प्रहरीका कार्यालयका सूचना अधिकारी डीएसपी ज्ञानकुमार महतोले शाहलाई पक्राउ गरिएको पुष्टि गरे । उनले अनलाइनखबरसँग भने, ‘जिल्ला प्रहरी कार्यालय, सर्लाहीले आइतबार साँझ शाहलाई पक्राउ नियन्त्रणमा लिएर अनुसन्धान थालेको हो ।’

महतोका अनुसार लालबन्दी–४ की रुकमणि चौधरीले ठगी सम्बन्धी कसूरमा ६ भदौमा दिएको किटानी जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको हो । ‘साढे ४ लाख रुपैयाँ ऋण लिएकोमा जबरजस्ती १५ लाख रुपैयाँको कपाली तमसुक बनाएको भन्ने व्यहोरामा जोहरी प्राप्त भएको छ’, उनले सुनाए, ‘ठगिएको भनेर उजुरी आएपछि खोजी थालेका थियौं ।’

पक्राउ परेका परदेशीबाट ४७ जना भन्दा बढी ठगिएको जनाइएको छ । उनीहरु न्यायको खोजी गर्दै काठमाडौंसम्म आइपुगेका थिए । उनीहरु मध्ये अधिकांशले त्रासका कारण प्रहरीमा जाहेरी पनि नदिएको जनाइएको छ ।

सर्लाहीका जिल्ला स्तरीय नेताको सहयोगमा काठमाडौं आइपुगेका उनीहरुले नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, महासचिव विष्णु पौडेल, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, नेता नारायणकाजी श्रेष्ठ लगायतसँग भेटेर गुनासो राखेका थिए ।

काठमाडौं आएका अधिकांशलाई शाहले चर्को व्याजमा ऋण प्रवाह गरेका थिए ।

onlinekhabar

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1505766
Today
Yesterday
This Week
Last Week
This Month
All days
209
1607
4639
1494645
6121
1505766

Your IP: 3.144.41.22
2025-05-10 05:31

Facebook Live Feed