news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

१३ साउन, वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले जगदम्बा इन्टरप्राइजेजलाई सिल गरेको छ । उद्योगका प्रमुख कार्यकारी अधिकृतसहित ४ जनामा कोरोना संक्रमण पुष्टि भएपछि उद्योग सिल गरिएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतसहितको टोली उद्योगमै गएर जगदम्बा इन्टरप्राइजेज सिल गरेको हो । अर्को सूचना जारी नभएसम्मका लागि स्थानीय जनप्रतिनिधि तथा सुरक्षाकर्मीको अनुमति विना उद्योग प्रवेशमा रोक लगाइएको सहायक प्रजिअ बस्नेतले जानकारी दिए ।

‘मानिसहरुको आवातजावत बन्द गरिएको अवस्थामा जगदम्बा इन्टरप्राइजेजले भारतबाट लुकाइ छिपाई मजदुर ल्याएर काम गराइरहेको सूचना आएको थियो । स्थलगत अनुगमन गरी त्यस बारेमा अध्ययन गरिरहेका छौं,’ उनले भने, ‘उद्योगमा कार्यरत एकजना संक्रमितको ट्रेसिङमा परेका थप ३ जनामा कोरोना संक्रमण पुष्टि भयो । त्यसैले उद्योग सिल गर्ने निर्णयमा पुगेका हौं । ’

जगदम्बा इन्टरप्राइजेजमा कार्यरत ४८, ५६ र २६ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ । उनीहरु सबै कन्ट्याक्ट ट्रेसिङमा परेका हुन् । गत साउन ६ गते जगदम्बामा कार्यरत ५६ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनी कोरोना अस्पतालको आईसीयूमा कक्षमा उपचाररत छन् ।

संक्रमित पुष्टि भएका तर लक्षण नदेखिएकालाई उद्योगकै खर्चमा उद्योग भित्रै वा अन्य उपयुक्त स्थानमा आइसोलेसन सेन्टर स्थापना गरी राख्न, संक्रमितको प्रत्यक्ष सम्पर्कमा आएका तथा असार १५ गते पछि भारतबाट आएका सबै कामदार, कर्मचारीको पीसीआर चेकजाँच गराउन, पीसीआर जाँचका लागि स्वाब संकलन गरिएका तथा अन्य शंकास्पद सबैलाई उद्योगकै खर्चमा उद्योग भित्रै वा उद्योग बाहिर उपयुक्त स्थानमा क्वारेन्टिनको व्यवस्था गर्न प्रशासनले निर्देशन दिएको छ ।

उद्योगले स्थापना गरेको क्वारेन्टिन तथा आइसोलेसन सेन्टर स्थानीय जनप्रतिनिधि, सुरक्षाकर्मी, स्वास्थ्यकर्मीको सहमति र निगरानीमा रहने गरी स्थापना र सञ्चालन हुनुपर्ने शर्त प्रशासनको छ ।

जेठ १२ गते सरकारले नेपाली नागरिकहरुलाई स्वदेश आउन सहजिकरण गर्ने सम्बन्धी आदेश जारी गरेको थियो । तोकिएका ठाउँ बाहेक अन्यत्रबाट प्रवेशमा निषेध गरिएको थियो । तर खुला सीमानाको दुरुपयोग गर्दै मानिसहरु जुनसुकै स्थानबाट समेत नेपाल प्रवेश गरिरहेका छन् ।

सीमावर्ती भारतीय राज्य बिहारमा संक्रमितको संख्या बढ्दै गइरहेको छ । लुकिछिपी आउने मानिसले कोरोना ल्याउन सक्ने समुदायमा भुसको आगो सल्किए जसरी फैलन सक्ने चेतावनी स्वास्थ्यकर्मीले दिँदै आएका छन् ।

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1505643
Today
Yesterday
This Week
Last Week
This Month
All days
86
1607
4516
1494645
5998
1505643

Your IP: 3.148.180.219
2025-05-10 03:19

Facebook Live Feed