news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

वीरगंज, ७  माघ ।
पर्सा क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सांसद प्रदीप यादव राष्ट्रिय तथा अन्तरर्राष्ट्रिय स्तरको खेलाडी उत्पादन गर्न स्कुलबाटै खेलको विकास गर्ने बताएका छन् । वीरगंज महानगरपालिकाले सोमबार नारायणी रंगशालामा आयोजना गरेको मेयर रनि· शिल्ड प्रतियोगितामा उनले यस्तो बताएका हुन ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका सांसद यादवले बैलुन र परेवा उडाई खेलको उद्घाटन गर्दै पंचायतकालमा राजा बिरेन्द्र शिल्ड प्रतियोगिता हुने गरेको बताउँदै, विगत दुई दशकपछि खेलाडीहरुको क्षमता प्रदर्शन गर्नेको लागि आयोजना गरिएको यो खेल प्रतियोगता निकै प्रंशसनीय भएको भन्दै वीरगंजका मेयर बिजय सरावगीलाई धन्याबाद समेत व्यक्त गरेका थिए ।
उनले स्कुलमा पढ्ने विधार्थीहरुलाई नै आधुनिक तरिकाले विभिन्न खेल खेलाउँदै उनीहरुलाई नै राष्ट्रिय तथा अन्तर्र्ष्ट्रािय स्तरको खेलाडीको रुपमा उत्पादन गर्नेतिर आफू लागि परेको तथा बजेटको अभावले गर्दा समुदायिक विद्यालयका छात्राछात्रहरुलाई खेलकुद सम्बन्धी ज्ञान लिन समस्या रहेको भन्दै समुदायिक विद्यालयको बिधार्थीहरुलाई खेलकुद सम्बन्धीको विकासको लागी महानगरले आवश्यक बजेट छुट्याई उनीहरुको क्षमता प्रदर्शन गर्ने कार्यमा लाग्न मेयर सरावगीलाई ध्यानाकर्षण गराएका हुन ।

सो प्रतियोगितामा वीरगंज महानगरपालिकाको ३३ वटा समुदायिक तथा निजी बिद्यायलयहरुले भाग लिएका छन् भने आज भएको प्रतियोगितामा छात्राछात्रहरुले गरेको खेल प्रदर्शन देखेर सांसद यादवले खेलप्रति स्कुलका बिधार्थीहरुको स्तरउन्नती र विकासको लागी कुनै कसर बाँकी नराख्ने सांसद यादवले प्रतिबद्धता समेत जाहेर गरेका थिए ।

आजदेखी सुरु भएको मेयर रनि· शिल्ड प्रतियोगीता खेल माघ ११ गते सम्म चल्ने आयोजकले जनाएको छ ।
कार्यक्रममा विशिष्ट अतिथि जिल्ला प्रशासन कार्यलय पर्साका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत, अतिथि नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा, शिक्षक महासंघ पर्साका अध्यक्ष तिर्थराज यादव, शिक्षक बिनोद मेहता लगायत शिक्षक–शिक्षिका, स्थानीयहरु, संचारकर्मी तथा हजारौ विधार्थीहरुको सहभागीता रहेको थियो ।

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1505491
Today
Yesterday
This Week
Last Week
This Month
All days
1541
317
4364
1494645
5846
1505491

Your IP: 18.188.180.227
2025-05-09 16:10

Facebook Live Feed