news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

३१ श्रावण/ जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाले काठमाडौं उपत्यकामा कोभिड १९ को संक्रमण बढ्दै गईरहेको सन्दर्भमा जनस्वास्थ्यमा गम्भीर असर पर्न सक्ने अवस्थालाई मध्यनजर गरी कोभिड १९ को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि केही नियमित नागरिक दैनिकिहरुमा निशेषसहितको व्यवस्था जारीभएको जानकारी गराउनुभएको छ ।

कोभिड १९ को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि तत्काल थप सतर्कता अपनाउनुका साथै नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गर्ने गराउनका लागि मिति २०७७र०४र३० गते राती १२ बजे देखि मिति २०७७/०५/१५ राती १२ बजे सम्मका लागि काठमाडौं जिल्लाभरी स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६-३ बमोजिम देहाय बमोजिमका गतिविधिहरु गर्न निषेध गर्ने गरी आदेश गरीएको कुरा जिल्ला प्रशासन कार्यालयद्वारा जारी विज्ञप्तीमा उल्लेख छः

निषेध गरिएका गतिविधिहरु:
* खुल्ला स्थानमा मानिसहरु भेला जम्मा हुन, भीडभाड गर्न, सभा जुलुस गर्न
* भीडभाड हुने गतिविधि जस्तै जावा, महोत्सव संचालन गर्न, दैनिक हुने नित्य पूजा बाहेकका सम्पूर्ण धार्मिक गतिविधिहरु
* उद्योग व्यापाररव्यवसाय अन्तर्गतका स्वास्थ्य मापदण्ड विपरीतका क्रियाकलापहरु
* चाडपर्व लगायतका धार्मिक सांस्कृतिक कार्य गर्नका लागि हुने जमघटहरु
* शैक्षिक संस्थाहरु संचालन गर्न
* सबै प्रकारका सभा, गोष्ठी, तालिम सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, मनोरजन स्थल। शैलून। ब्यूटी पार्लर, स्पा, स्वीमिङ्ग पुल, जिमखाना समूहमा खेलिने खेलकुद र खेल प्रस्तुति, पुस्तकालय, संग्रहालय, चिडियाखाना संचालन गर्न
* फुटपाथ, खुल्ला ठाउँ र ठेला गाडारसाइकलमा संचालन हुने विभिन्न व्यवसाय, कबाडी संकलन गर्न
* उद्योग व्यवसाय संचालनका लागि स्वास्थ्य मापदण्ड विपरीत अमिकरकामदारको ओसार पसार गर्न
* टेक अवे ९लिने र जाने० वाहेक होटलररेष्टुराँ सञ्चालन गर्न ।
प्रस्तुत आदेश विपरीतका कुनै गतिविधि भएमा सोही ऐन बमोजिम कारवाही गरीने कुरा समेत जारी विज्ञप्तीमा उल्लेख छः

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1514385
Today
Yesterday
This Week
Last Week
This Month
All days
539
573
3751
1501303
14740
1514385

Your IP: 216.73.216.230
2025-05-25 20:10

Facebook Live Feed