news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

वीरगञ्ज ८   भदौँ । कोरोना विरुद्धको प्रभावकारी औषधी रेम्डेशिभिर कालोबजारी गरेको आशंका नारायणी अस्पतालका चिकित्सक पक्राउ परेका छन् ।

रेम्डेशिभिर उपलब्ध गराईदिने भन्दै बिरामीका परिवारजनसँग चर्को शुल्क असुलेका चिकित्सक डा.ताहिर अंसारी पक्राउ परेका हुन् ।

कोभिडको औषधी खरीदका लागि चर्को शुल्क लिएको भन्दै पक्राउ गरेको पर्साका प्रहरी प्रवक्ता मनाजित कुँवरले बताएका छन् । डा. अंसारीसँगै रक्सौल निवासी एक जना भारतीय नागरिकलाई पक्राउ गरिएकाे प्रवक्ता कुँवरले जानकारी गराए । अनुसन्धान भईरहेका कारण थप जानकारी दिन नसकिने उनले बताए ।

नारायणी अस्थायी कोभिड अस्पताल वीरगञ्ज हेल्थ केयरमा उपचाररत एक जना बिरामीको परिवारसँग औषधी मिलाई दिने भन्दै शनिबारसम्ममा डा. अंसारीले १ लाख ९८ हजार रुपैँया उसुल गरेको स्रोतले जनाएको छ ।

गत श्रावन ३२ गते नारायणी बयोधा भर्ना भएका उक्त बिरामीमा कोरोना संक्रमण पुष्टि भएपछि उनलाई वीरगञ्ज हेल्थ केयरमा भर्ना गरिएको थियो । मुटुका दिर्घरोगी उक्त बिरामीको बाईपास सर्जरी समेत भईसेकेको स्रोतले जनाएको छ ।स्रोतका अनुसार जीवन रक्षक रेम्डेशिभिर मिलाईदिने भन्दै डा. अंसारी बिरामीसँग थप रकम असुल्ने दाउमा थिए ।

yatradaily 

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1514457
Today
Yesterday
This Week
Last Week
This Month
All days
611
573
3823
1501303
14812
1514457

Your IP: 216.73.216.195
2025-05-25 21:53

Facebook Live Feed