news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

वीरगञ्ज ८    भदौँ । वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगी कोरोनाभाइरस सङ्क्रमणबाट मुक्त भएका छन् ।

विगत २५ दिनदेखि कोभिड-१९ बाट सङ्क्रमित भइ होम आइसोलेसनमा रहेका नगरप्रमुख सरावगीको आइतबार कोरोना रिपोर्ट नेगेटिभ आएको हो ।

वीरगञ्जस्थित नारायणी अस्पतालको पिसिआर प्रयोशालामा गरिएको परिक्षणमा नगरप्रमुख सरावगीको रिपोर्ट नेगेटिभ आएको उनका राजनीतिक सल्लहाकार मुकेश द्विवेदीले जानकारी दिए । नगरप्रमुख सरावगीले आइतबार बिहान पिसिआर परिक्षणका लागि आफ्नो स्वाब जम्मा गराएका थिए ।

नगरप्रमुख सरावगी श्रावन १५ गते कोरोना सङ्क्रमित भएका थिए । उनले सामाजिक सञ्जाल फेसबुकको आफ्नो आधिकारिक आइडीबाट आफुलाई कोरोना सङ्क्रमण भएको जानकारी गराएका थिए ।

सरावगीमा कोरोना सङ्क्रमण पुष्टि हुँदा उनि काठमाडौँमा थिए । केहि दिन काठमाडौँस्थित आफ्नो घरभित्रै होम आइसोलेसनमा रहेर उपचार गराएका नगरप्रमुख सरावगी गत हफ्ता वीरगञ्ज फर्केको द्विवेदीले बताए ।

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1514377
Today
Yesterday
This Week
Last Week
This Month
All days
531
573
3743
1501303
14732
1514377

Your IP: 216.73.216.11
2025-05-25 19:48

Facebook Live Feed