वीरगञ्ज ११ भदौं । प्रहरीको यातनाका कारण एक युवकको मृत्यु भएको छ । कर्तव्य ज्यान मुद्दामा अभियोग लागि पक्राउ परेर हिरासतमा रहेका रौतहटका एक युवकको प्रहरीले अत्याधिक यातना दिएको कारण मृत्यु भएको हो ।
रौतहटको गरुडाका १९ वर्षिय विजयराम चमारको बिहिबार वीरगञ्जस्थित नेशनल मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । हिरासतमा प्रहरीले मुख्य दोषीलाई जोगाउन यातना दिएका कारण विजयको ज्यान गएको परिवारका सदस्यले आरोप लगाएका छन् ।
हिरासतमा रहेका विजयको स्वास्थ्य अवस्था बिग्रेपछि उनलाई उपचारकोलागि नेशनल मेडिकल ल्याइएको थियो । रौतहटका प्रहरी प्रमुख रविराज खडकाले विजयको उपचारको क्रममा मृत्यु भएको पुष्टि गरे । स्थानीय र दलीतअधिकारकर्मीले भने प्रहरीको चरम यातनाका कारण विजयको ज्यान गएको आरोप लगाएका छन ।प्रहरीले षडयन्त्र गरेर विजयलाई पक्राउ गरेको भन्दै विगत चार दिनदेखी स्थानीय समुदायले प्रहरी विरुद्ध प्रर्दशन समेत गर्दै आइरहेका थिए । संयुक्त दलित संघर्ष समिति प्रदेश नं २ को कमिटिले बुधबार एउटा प्रेस बिज्ञप्ति जारी गरेर विजय रामको जीवन रक्षाको अपिलपनि गरेको थियो ।
विजयको मृत्युपछि दलित अगुवाहरुले निस्पक्ष छानबिनको माग गरेका छन् । दलीत अधिकारकर्मी मनोज रामले यो घटनालाई गम्भिरता पूर्वक लिन राज्य संयन्त्रलाई जति भने पनि कुनै सुनवाई नभएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।दलीतहरु प्रदेश २ मा असुरक्षीत हुँदै गएको बताउँदै रामले चिन्ता ब्यक्त गरे ।
गत साउन ३२ गते रौतहटको गरुडा नगरपालिका वडा नं. ८ जिगंडवाका २० वर्षीय निरञ्जन रामको घाटी रेटेर हत्या गरेको अभियोगमा विजय पक्राउ परेका थिए । रामको धारिलो हतियारले घाँटी रेटेर हत्या गरेर गाँउछेउमा शव फालिएको थियो।
प्रहरीले अनुसन्धानको क्रममा सोही ठाँउका २० वर्षीय अजयकुमार रञ्जन, १९ का बिवेक यादव, १९ का अर्जुन राम, १९ का सिकिन्द्र राम, १९ का विजयराम चमार, शेख आजादसहित ७ जनालाई पक्राउ गरेको थियो।
शेख आजादको परिवारका एकजना महिलासँग अबैधसम्बन्ध रहेकै कारण आजादकै योजना अनुसार छिमेकी साथीसँग मिलेर निरञ्जन रामको हत्या गराएको प्रहरीको निस्कर्ष रहेको छ।हाल पिढित पक्षले विजय रामको सब पोसमर्टमको लागि काठमाडौँ होस् भन्ने माग राखेका छन्
yatradaily