news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

वीरगञ्ज १८ भदौं । पर्साको सदरमुकाम वीरगञ्जमा लागेको निषेधाज्ञा भदौं २५ गतेसम्म लम्बिने भएको छ । जिल्ला प्रशासन कार्यालय पर्साले बिहिबार दिउँसो एउटा सूचना जारी गर्दै आज राति १२ बजेसम्म लगाइएको निषेधाज्ञालाई लम्ब्याएर भदौं २५ गते १२ बजे रातिसम्म गर्न जनाएको छ ।

पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले निषेधाज्ञालाई लम्ब्याउने निर्णय गरेको हो । निषेधाज्ञा लम्बिएपनि बजार क्षेत्रलाई आलो-पालो गरेर खोल्न दिने बैठकले निर्णय लिएको छ ।

बैठकको निर्णय अनुसार सोमबार, बुधबार र शुक्रबार वीरगञ्जको मुख्य बजारमा रहेका पूर्वतर्फ र दक्षिणतर्फ फर्केका पसलहरु खोल्न पाइनेछ भने आइतबार, मंगलबार र बिहिबार बजारमा रहेको पश्चिमतर्फ र उत्तरतर्फ फर्केका पसलहरु खोल्न पाइनेछ ।

त्यसैगरी घण्टाघर निजैकै रहेको रेलवेको जग्गामा फलफूल र तरकारी पसल दैनिक रुपमा खोल्न पाइने प्रशासनले जनाएको छ । पसल खोल्दा कम्तिमा पनि १५ फिटको दूरी बनाएर घण्टाघर चोकदेखि २ सय मिटर रहेको स्कुलदेखि दक्षिणतर्फ एक तर्फी रुपमा मात्र पसलहरु खोल्नुपर्ने प्रशासनको निर्देशन छ ।

मुख्य बजारका पसलहरु बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म खोल्न पाइनेछ भने फलफूल र तरकारी पसलहरु बिहान ५ बजेदेखि ८ बजेसम्म मात्र खोल्न पाइने छ । तरकारी-फलफूलदेखि बजार क्षेत्रका पसलका सम्पूर्ण पसलहरु शनिबार बन्द गरेर राख्नुपर्ने प्रशासनले निर्देशन दिएको छ ।

त्यस्तै जिल्लाभित्र सम्पूर्ण प्रकारका निजि तथा सार्वजनिक यात्रुवाहक सवारी साधनहरु अर्को सूचना नआएसम्म सञ्चालनमा रोक लगाइएको छ । कुनै पनि मेला, महोत्सव, जात्रा, ठूलो भेना, भिडभाड, सभा जुलुस र चार जना भन्दा बढी समुह बनाएर एकै ठाउँमा जम्म हुन् पाइने छैन ।

परमपरागत रुपमा भई आइरहेको दैनिक रुपका आन्तरिक नित्य पूजा बहेका सम्पूर्ण धार्मिक संस्कृतिक गतिबिधिहरु समेत सञ्चालन गर्न पाइने छैन ।

सम्पूर्ण शैक्षिक संस्था, सैलुन, ब्युटी पार्लर, जिम, क्लब, स्वीमिङ्गपूल, समुहमा खेलिने खेलमा समेत रोक लगाईएको छ भने होटल रेस्टुराँ सञ्चालनसमेत गर्न पाइने छैन ।

प्रशासनले १२ वर्ष मुनि र ६० वर्षमाथि र कुनैपनि गम्भीर किसिमको दिर्घरोगिलाई घरबाट बाहिर ननिस्किक्न विशेष अनुरोध गरेको छ ।

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1514472
Today
Yesterday
This Week
Last Week
This Month
All days
626
573
3838
1501303
14827
1514472

Your IP: 216.73.216.123
2025-05-25 22:53

Facebook Live Feed