news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

१६ भदौं, वीरगञ्ज । वीरगञ्जमा गरिएको परीक्षणमा ११० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पर्साका ६९ जना, बाराका २४ जना र रौतहटका १७ जनामा संक्रमण पुष्टि भएको हो ।

नारायणी अस्पताल स्थित पीसीआर ल्याबमा गरिएको परीक्षणका क्रममा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

५ सय ७६ जनाको स्वाब नमुना परीक्षण गर्दा ११० जनामा संक्रमण पुष्टि भएको नारायणी अस्पतालका प्रवक्ता बरिष्ठ चर्मरोग विशेषज्ञ डाक्टर अतुलेश चौरसियाले जनाए । डेढ वर्षीय बालकदेखि ८० वर्षीय वृद्धसम्मका संक्रमितमध्ये ३० जना महिला छन् ।

प्रवक्ता डा. चौरसियाका अनुसार पर्सामा वीरगञ्ज महानगरपालिकाका विभिन्न वडामा ४९ जना, बहुदरमाई नगरपालिकाको ४ र ५ मा ५ जना, कालिकामाई गाउँपलिका- २ मा ४ जना, पर्सागढी नगरपालिका- ४ र ८ मा ७ जना, पोखरिया नगरपालिका-४ र १० मा ४ जना, पर्सागढी नगरपालिकाको वडा नं. ४, ८ का ७ जना र कालिकामाई गाउँपालिकाको वडा नं. २ का ४ जनामा संक्रमण देखिएको छ ।

वीरगञ्जका संक्रमितमध्ये वडा नं ४, १२ र १८ मा १/१ जना, वडा नं २, १५, १६ र १७ मा २/२ जना, वडा नं १० र ३१ मा ३/३ जना, वडा नं ११, १३ र २१ मा ४/४ जना, वडा नं ८ मा ७ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये १३ जनाको वडा खुलेको छैन ।

बाराको कलैया उपमहानगरपालिकामा २४ जना र रौतहटको यमुनमाई गाउँपालिकामा १७ जना संक्रमित भेटिएका हुन् ।

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1514487
Today
Yesterday
This Week
Last Week
This Month
All days
641
573
3853
1501303
14842
1514487

Your IP: 216.73.216.33
2025-05-25 23:34

Facebook Live Feed